आठौं राष्ट्रिय खेलकुदमा रहेका समाचारहरु

आठौं राष्ट्रिय खेलकुद: संरक्षकले दिलाए एनआरएनएलाई पहिलो स्वर्ण

बुटवल ।आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षक भूषण वज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन् ।बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेश्रो भए ।महिला सिंगल्सको उपाधि एपीएफकी प्रेरणा कोइरालाले जितिन् । फाइनलमा प्रेरणाले नेपाल आर्मीकी अभिलाषा विष्टलाई ६–० र ६–२ को सीधा सेटमा...

आठौँ राष्ट्रिय खेलकुद:पुरुष हक्कीको सेमीफाइनल समीकरण पूरा

नेपालगञ्ज । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत् नेपालगञ्जको मंगल प्रसाद मावि खेल मैदानमा जारी पुरुष हक्की प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । समूह ए बाट विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी सेमीफाइनलमा प्रवेश गरेका छन् भने समूह बी बाट प्रदेश ५ र सुदूरपश्चिम प्रदेश सेमीफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको खेलमा प्रदेश नम्बर २ लाई ६–० गोलले पराजित गरेपछि पुलिस सेमीफाइनलमा प्रवेश गरेको हो । मंगलवारदेखि...

आठौँ राष्ट्रिय खेलकुद: पुरुष साइक्लिङमा आर्मी र महिलामा प्रदेश ३ले जित्यो स्वर्ण

बैजानाथ( बाँके )। बाँके बैजानाथ गाउँपालिकामा साइक्लिङ दौड सम्पन्न् भएको छ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्रस कन्ट्री पुरुष साइक्लिङ दौड प्रतियोगितामा नेपाल आर्मी च्याम्पियन भएको छ। आर्मीले एक स्वर्ण र एक रजतसहित च्याम्पियन भएको हो।बाँकेको बैजनाथ गाउँपालिका १ गाभरमा सोमबार सम्पन्न प्रतियोगितामा आर्मीका ओकेशराज बज्राचार्यले एक घण्टा २५ मिनेट ९ सेकेन्डमा निर्धारित दूरी पार गरे। उनलाई पछ्याउँदै आर्मीका हिमाल टमटा दोस्रो भए। उनले एक घण्टा २६ मिनेट ६ सेकेन्डमा दूरी पार...

महिला हक्कीको सोमवारको खेलमा गण्डकी प्रदेश बिजयी, सेना र शुदुरपश्चिम बराबर

जागेश्वर थारु /नेपालगन्ज।आठौं राष्ट्रिय खेलकुद महिला हक्की खेलको  सोमवार विहानको पहिलो खेलमा गण्डकी प्रदेशले  २ नं प्रदेश लाई २ शून्य गोल गर्दै जित हात पारेको छ । खेलको शूरु देखि नै दबाबमा राखेको गण्डकी प्रदेशले पहिलो क्वाटरमा गोल गर्न असफल भएको थियो । खेलको दोस्रो क्वाटरमा पनि दबाब दिएरै खेली रहेका गण्डकी प्रदेशकी १२ नं. जर्सीकि  सविना पुनमगरले    २१ मिनेटमा  गोल  गरेर आफ्नो टिमको खाता खोलेक थिईन । तेस्रो...

लनटेनिसमा आइतबार एपीएफलाई थप दुई स्वर्ण

नेपालगन्ज ।रुपन्देहीमा जारी आठौ राष्ट्रिय खेलकुद अन्तरगत लनटेनिसमा एपीएफ क्लबले दुई स्वर्ण थपेको छ। देविनगरस्थित लन टेनिस कोर्टमा आइतबार भएको महिला युगल र पुरुष युगलमा एपीएफले स्वर्ण जितेको हो । महिला युगलको फाईनल खेलमा एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोविचको जोडिले प्रेरणा कोईराला र ऐनी माथेमाको जोडिलाई ६९१, ६९२ को सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारेको हो । यसैगरि नेपाली सेनाकी अभिलाषा विष्ट र ईरा रावत तथा क्षेत्र नं...

जुडोमा प्रदेश ५ की सोनिया भट्टलाई स्वर्ण

नेपालगन्ज ।आठौंअन्तर्गत १६ औं राष्ट्रिय जुडोको पहिलो दिन प्रहरीकी मनीता श्रेष्ठ प्रधानले स्वर्ण जितेकी छन् । महिला ५७ केजीमुनि फाइनलमा मनीताले प्रदेश ३ की कविता नेपालीलाई पराजित गरिन् । प्रदेश ३ की देवकीमाया श्रेष्ठ र गण्डकीकी सुमी थापा तेश्रो भए । महिला ४८ केजीमुनि प्रदेश ५ की सोनिया भट्टले एपीएफकी धनदेवी रोकायालाई हराउदै पहिलो भइन् । प्रदेश ५ की सारदाकुमारी खत्री र प्रहरीकी रत्ना तामाङ तेश्रो भए । ७० केजीमुनि प्रहरीकी...

आठौँ राष्ट्रिय खेलकुद:पुरुष हक्कीमा पुलिस सेमिफाइनलमा

नेपालगन्ज  । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । आइतवार विहान भएको खेलमा नेपाल आर्मीलाई २–१ ले पराजित गरि नेपाल पुलिस क्लव सेमिफाइनलमा प्रवेश गरेको हो। । खेलको ३० सेकेन्डमा प्रहरीका मनोज चौधरीले गोल गरे । भने, ५० औँ निमेटमा प्रहरीकै सागर आचार्यले अर्को गोल थपे । कडा प्रतिष्पर्धात्मक खेलमा आर्मीका दिपेन्द्र ऐरले एक गोल मात्र गरे । त्यसैगरि, आइतवारनै भएको...

आठौं राष्ट्रिय खेलकुद: फेन्सिङमा ६ स्वर्णसहित आर्मी प्रथम, एपिएफ ३ स्वर्णसहित दोश्रो

नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत् चौथो फेन्सिङ प्रतियोगितामा ६ वटा स्वर्ण पदक जितेर त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ । आर्मी डिफेन्डिङ च्याम्पियन पनि हो । फेन्सिङका मुख्य प्रशिक्षक अभिषेक कार्कीका अनुसार प्रतियोगितामा ६ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै आर्मी च्याम्पियन बन्यो । दोश्रो भएको सशस्त्र प्रहरीको एपीएफ क्लबले ३ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो । ३ स्वर्ण, २ रजत र ६ कांस्यका साथ...

महिला हक्की: गण्डकी प्रदेशद्वारा प्रदेश १ पराजित

नेपालगन्ज।आठौं राष्ट्रिय महिला हक्की खेलमा गण्डकी प्रदेशले प्रदेश नं. १ लाई ४–० गोल गर्दै जित हात पारेको छ । आइतवार विहना गण्डकी प्रदेश र प्रदेश नं. १ बिच भएको खेलमा गण्डकी प्रदेशले प्रदेश नं. १ लाई ४ गोल गर्दै जित हात पारेको हो । गण्डकी प्रदेशले खेलको शुरु देखि नै दबाब दिए रहदा खेलको पहिलो क्वाटरमा गोल गर्न सकेका थिएनन् । दोस्रो क्वाटरको खेल शुरुहुदाँ १६ नं. जर्सीमा खेली रहेकी...

आठौं राष्ट्रिय खेलकुद: बक्सिङमा दिवाना र ललिता सेमिफाइनलमा

खजुरा( बाँके )।बक्सिङ प्रतियोगिताको दोस्रो दिनको खेलमा दिवाना शेर्मा र ललिता महर्जनले जित हात पारेका छन।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताको दोस्रो दिनको खेलमा दिवाना शेर्मा र ललिता महर्जनले जित हासिल गरेका छन् । ४८ केजी तौल समूहको खेलमा नेपाल पुलिसकी दिवानाले प्रदेश ५ कि रिता धरलालाई अंकको आधारमा ५–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी हुन् । सोही तौलको अर्को खेलमा नेपाल आर्मीकी...