आठौं राष्ट्रिय खेलकुदबारे नेपालगन्जमा मिडियासंग कार्यशाला
प्रकाशित मिति : २०७५, २९ चैत्र शुक्रबार १३:१८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे शुक्रबार नेपालगञ्जमा मिडिया कार्यशाला गरिएको छ । बाँकेमा हुन लागेको खेल महोत्सवलाई सफल, मर्यादित बनाउन शुक्रबार पत्रकारहरुबीच मिडिया कार्यशाला गरिएको हो । खेल महोत्सवको प्रचार प्रसार, पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका, आम दर्शकको हुने धारणा, समाचार संकलन लगायतका बिषयमा कार्यशालामा छलफल गरिएको छ ।
Advertisement
कार्यशालमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसारका निम्ति छुट्याईएको रकमको सदुपयोग गर्ने बारे समेत जानकारी गराएको छ । कार्यशालालाई खेल पत्रकार तथा कान्तिपुरमा कार्यरत पवन आचार्यले सहजीकरण गर्नुभएको थियो । कार्यशालामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसार समितिका संयाजक रोहित दाहाल, सदस्य टिएस ठकुरी र सचिव कुमार बस्नेतले समेत प्रतियोगिताबारे धारणा राख्नुभएको थियो ।