समृद्धीका लागि नआत्तिएर रुखमा भोट हाल्नुहोस्ः कांग्रेस नेतृ डा. आरजु
प्रकाशित मिति : २०७४, १७ मंसिर आईतवार १४:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
धनगढी, १७ मंसिर । नेपाली कांग्रेसकी नेतृ नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर पाँचकी उम्मेदवार डा. आरजु राणा देउवाले मंसिर २१ गते नआत्तिएर भोट खसाल्न मतदातालाइ आग्रह गर्नुभएको छ । आइतबार धनगढी उपमहानगरपालिकाका दर्जन बढी चुनावी सभामा बोल्दै नेतृ देउवाले विवेकपुर्ण मत प्रयोग गर्न र बदर नहुने गरि नआत्तिएर भोट हाल्न आग्रह गर्नुभएको छ । ‘विहान समयमै गएर विचार र विवेक प्रयोग गरि मतको सदपयोग गर्नुहोला’ उहाँले भन्नुभयो ‘नआत्तएर रुखमा मत खसाल्नुहोस् विकास हुन्छ, ढुक्क हुनुहोस् ’ । चुनावको अन्तीम समयमा नेतृ देउवा एकै दिन दर्जन बढी सभा तथा भेलाहरुमा पुगेर मत हाल्ने प्रकृयाका बारेमा जानकारी दिन व्यस्त देखिनुभएको छ । आइतवार सहभागी अधिकांश सभामा नेतृ देउवाले भोट माग्न र भोट बदर नगर्न आग्रह गदै मत माग्न भ्याउनुभयो ।
Advertisement
सभामा बोल्दै नेतृ देउवाले विकास र समृद्धि कांग्रेसले मात्रै गर्ने बताउनुभएको छ । कम्युनिष्ट गठबन्धनलार्इ भोटहाल्नु भनेको देशमा गरिबी निम्त्याउनु जस्तै भएको भन्दै देउवाले कम्युनिष्ट गठबन्धनले जिते गरिबीको दर उच्च हुने उहाँले बताउनुभयो । ‘गरिबी बढाउने हो भने कम्युनिष्ट गठबन्धनलार्इ भोट हाल्नुहोस्, विकास र सुखी हुने हो भने नेपाली कांग्रेसलाई भोट हाल्नुहोस् ’ उहाँले भन्नुभयो ‘कम्युनिष्ट शासन भएको उत्तर कोरिया झन् झन् गरिब हुँदैछ । ‘लोकतान्त्रिक व्यवस्था अंगालेको दक्षिण कोरियामा तिब्र आर्थीक वृद्धि भइरहेको छ अब भन्नुस् के रोज्ने ’ उहाँले प्रश्न गर्नुभयो । धनगढी उपमहानगरपालिका डुवानको समस्या भएको भन्दै उहाँले नदि कटान रोकथाम र डुवान नियन्त्रणका लागि ठुला आयोजनाहरु लागु गर्नुपर्ने बताउनुभयो ।
‘डुवान र कटानका लागि जिल्लाका इन्जिनियरसंग कुराकानी भइ रहेको छ’उहाँले भन्नुभयो ‘स्थानिय सरकार,प्रदेश सरकार र राष्ट्रिय सरकारको समन्वयमा यो समस्या समाधान गर्न सकिन्छ’ । उपमहानगरपालीकामा नेपालीका कांंग्रेसका प्रतिनिधि भएकोले पनि प्रदेश र केन्द्रमा पनि कांग्रेसकै प्रतिनिधी भए विकास निमार्णले गति लिने उहाँको भनार्इ थियो । ‘ विचार मिल्ने,एउटै उदेश्य भएको फुटबल टोलीले छिट्टै गोल हान्न सक्छ ’ नेतृ देउवाले भन्नुभयो ‘मेयर र उपमेयर कांग्रेसकै भएकोले आफुले जिते क्षेत्र नम्बर ५ मा सोचे अनुसार विकास गर्न सकिन्छ ’ उहाँले भन्नुभयो । आफु पहिलो पटक कैलाली पाँच नम्बर निर्वाचन क्षेत्रबाट चुनावमा सहभागि भएको भन्दै उहाँले चुनाव जिते वाचा पुरा गर्ने आवश्वासन समेत दिनुभयो । ‘मैले चुलोमा खान बसाएर खाना पाकि सके पछि मात्रै बाहिर निस्कने संस्कार पाएको छु ’ उहाँले भन्नुभयो ‘मैले बोलेका बाचा जसरि पनि पुरा गर्छु, ढुक्क हुनुहोस् ’ ।
उपमहानगरपालीकाका थुप्रै वस्तिमा लाजपुर्जा सम्मस्या रहेको भन्दै नेतृ देउवाले यो समस्या प्रति गम्भिर रहेको बताउनुभयो । ‘सुकुम्बासी र लालपुर्जा नभएका थुप्रै बस्तिहरु छन्’ उहाँले भन्नुभयो ‘म सबै समस्याहरु प्रति गम्भिर छु,समस्या सामाधानका लागि तत्काल पहल थाल्ने छु’ उहाँले भन्नुभयो ।
चुनाव आउनै लाग्दा नेतृ देउवाले प्रचार प्रसार पनि तिब्र पार्नुभएको छ । महत्वका साथ हेरिएको कैलाली क्षेत्र नम्बर पाँचमा कांग्रेुसबाट नेतृ आरजु राणा देउवा र वाम गठबन्धनका तर्फबाट नारदमुनी राना चुनावी मैदानमा छन् ।