निर्वाचनपछि देश समृद्धिको बाटोमा जाने – सञ्चारमन्त्री
प्रकाशित मिति : २०७४, १७ मंसिर आईतवार १२:२२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
धनगढी, १७ मंसिर । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निर्वाचनपछि देश समृद्धिको बाटोमा जाने बताउनुभएको छ ।
Advertisement
छब्बिऔँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेतासमेत रहेका बस्नेतले निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्ने भएकाले विवेक पु¥याएर मतदान गर्न सबैलाई आग्रह गर्नुभयो ।
नेपालमा भएका लोकतान्त्रिक आन्दोलनमा आपाङ्ग भएका व्यक्तिको पनि ठूलो योगदान रहेको उल्लेख गर्दै उहाँले सरकार अपाङ्गको हितका लागि कटिबद्ध रहेको दृढता व्यक्त गर्नुभयो ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको हकहितमा कलम चलाएवापत नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष एवं रेडियो नेपालका प्रतिनिधि जगत साउद र पत्रकार शेरबहादुर ऐरलाई सम्मान गरिएको थियो । कार्यक्रममा महिला विकास अधिकृत सन्ध्या सिंहलगायतले बोल्नुभएको थियो ।