आम निर्वाचन २०७४मा रहेका समाचारहरु

डोटीको केआई सिंह गाउँपालिका: कांग्रेसको प्यानलै विजयी

डोटी । डोटीको केआई सिंह गाउँपालिकामा नेपाली कांग्रेसको पूरै प्यानल विजयी भएको छ । ७ वडा रहेको यस गाउँपालिकामा ३७ पदका लागि भएको निर्वाचनमा सबै पदमा नेपाली कांग्रेस विजयी भएको हो । अध्यक्षमा नेपाली कांग्रेसका लोकेन्द्र शाहीले प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मत अन्तरले विजयी हासिल गरेका छन । शाहीले ३ हजार १ सय ८८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज जोशीले १ हजार ६ सय २६ मत प्राप्त गरेका छन्...

कोहलपुर वडा नम्बर १५ बाट कांग्रेसको पुरै प्यानल बिजयी

राधा आचार्य,पिपिरी:कोहलपुर नगरपालिका वडा नम्बर १५ को अध्यक्षमा कांग्रेसका पतीराम चौधरी बिजयी भएका छन् । नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार रहेका चौधरीले ८७७ मत ल्याएर विजयी भएका छन् भने अन्य सबै सदस्यमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । ...

नेपालगंज वडा नम्बर २ मा कांग्रेसबाट हमाल अध्यक्ष पदमा बिजयी

नेपालगन्ज: नेपालगन्ज वडा नम्बर २ को अध्यक्षमा सुनिलसिंह हमाल (मम्मु) विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार रहेका हमालले ४६६ मत ल्याएर विजयी भएका छन् । त्यस्तै सदस्यहरुतर्फ महिलामा राप्रपाले जित हात पारेका छ भने अन्य सबै सदस्यमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।   ...

नेपालगन्ज १ बाट अध्यक्षमा रिजाल विजयी

नेपालगन्ज:नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार प्रमोद रिजाल अध्यक्ष चुनिएका हुन् । रिजालले ८ सय १८ मत प्राप्त गरेका छन् । गैरसरकारी संस्था महासंघ बाँकेको निवर्तमान अध्यक्ष रिजालले अध्यक्षमा चुनाव लड्ने भएपछि महासंघबाट राजिनामा दिएका थिए । रिजालसहित एमालेका २ सदस्य निर्वाचित भएका छन् भने २ सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अधिवक्ता समेत रहेका रिजाल स्थानीय तहबारे जानकार...

अछामको साँफेबगर नगरपालिका र चौररपाटी गाउँपालिकामा मतगणना रोकियो

साँफेबगर । मतदानको दिनदेखिनै तनाव र विवादमा रहेका अछामका साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा अझै मतगणना शुरु हुन सकेको छैन । एमाले र कांग्रेस माओवादी गठबन्धने एक अर्कोलाई बुथ कब्जाको आरोप लगाएर पुनः मतदानको माग गरेपछि गणना अन्यौलमा परेको हो । साँफेबगर नगरपालिकाको रिडिकोटमा नेपाली कांग्रेस र भागेश्वर मतदान केन्द्रमा एमालेले कब्जा गरेको आरोप एक अर्काले लगाएका छन् । उता चौरपाटी गाउँपालिकाको पायलमा रहेको वैजनाथ मावि केन्ऽमा एमालेले कब्जा गरेको नेपाली...

बझाङका दुई केन्द्रमा आज मतदान हुने

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ३ को दुई केन्द्रमा शुक्रबार मतदान हुने भएको छ । काँग्रेस र एमालेका कार्यकर्ताबीच बुधबार मतदानका क्रममा झडप भएपछि मतदान स्थगित गरिएको थियो । निर्वाचन आयोग बझाङका प्रमुख निर्वाचन अधिकृत पूर्णप्रसाद बाँस्तोलाकाअनुसार मतदान प्रक्रिया अवरुद्ध भएपछि शुक्रबार बिहान ७ देखि ५ बजेसम्म सो केन्द्रमा पुनः मतदान गर्ने निर्णय भएको हो । वडा नं. ३ को बुथ नम्बर (क) र (ख) मा स्थगित मतदान शुक्रबार...

प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

डँडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । ९१५ मत ल्याएर वडाध्यक्षमा चेतराज भट्ट विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका रामचन्द्र जोशीले ३८६ मत प्राप्त गरे । यस्तै दलित महिलामा टुकिरी कामी, महिला सदस्यमा कौशिला देउवा, खुल्ला सदस्यमा हरिसिंह देउवा र हेमराज अवस्थी विजयी भए । ...

नेपाली कांग्रेसका सभापति एवंप्रधानमन्त्री देउवाद्वारा दोस्रो चरणको निर्वाचन सम्पन्न भएकोमा सबैलाई धन्यवाद ज्ञापन

नेपालगन्ज । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिनु भएको छ । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेल बिहिबार एक विज्ञप्ति मार्फत यसको जानकारी दिनुभएको छ । प्रधानमन्त्री देउवाले भन्नुभएको छ, “संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको स्थानीय तहकोे पहिलो चरणको निर्वाचन सम्पन्न भई दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. १, ५ र...

दाङका दुबै उपमहानगरपालिकामा एमालेको अग्रता

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ । प्रारम्भदेखि नै वडा नम्वर १ र २ नम्वरको मत गणना गर्दा सम्म अग्रता कायम गरेको हो । तुलसीपुरमा बेलुकी साडे ७ बजे सम्म २११ मतले एमाले अगाडि छ ।  नेकपा एमालेको मेयरमा एमाले ९ सय ८४, काग्रेसको ६ सय ९९ र माओबादी केन्द्र १ सय १३ मत प्राप्त गरेका छन् । उपमेयर मेयरमा नेकपा एमालेमा ९ सय...

खाँदबारी नगरपालिका १० को अध्यक्षमा कांग्रेस विजयी

संखुवासभा । जिल्ला सदरमुकाम रहेको खाँदबारी नगरपालिकामा मत परिणाम आउन थालेको छ । नगरपालिकाको वडा नं. १० मा नेपाली कांग्रेसका उमेरदवार केशवजङ थापा विजयी भएका छन् । विजयी उमेदवार थापाले ५७५ मत ल्यएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उमेरदवार वेदबहादुर चौहानले ५२५ मतल्याएका थिए । त्यसैगरी माओवादी केन्द्रका वडाध्यक्ष उम्मदेवारले ४३ मत पाएका थिए । वडाध्यक्ष बाहेक महिला सदस्य, दलित सदस्य र खुल्ला दुई सदस्यमा भने एमालेका उम्मेदवार विजयी भएका छन्...