कैलालीको जोशीपुर गापामा काँग्रेस विजयी
प्रकाशित मिति : २०७४, १७ असार शनिबार १९:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
धनगढी । कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका रामकृष्ण चौधरी तीन हजार ४३२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
Advertisement
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका विरुप्रसाद चौधरीले दुई हजार ७४१ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत जीवनाथ पोख्रेलले बताउनुभयो ।
यसैगरी, उपाध्यक्षमा कांग्रेसकै गीता कठरियाले तीन हजार ५६८ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका किरण चौधरीले तीन हजार ४८९ मत प्राप्त गर्नुभएको छ ।
जोशीपुर गाउँपालिका नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय नेता रामजनम चौधरीको गृह क्षेत्र पनि हो । १९ हजार ३६५ मतदाता रहेको जोशीपुरमा १५ हजार ५२७ मत खसेको थियो ।