बाँकेमा स्थानिय निर्वाचनमा मिश्रित मत परिणाम आउने
प्रकाशित मिति : २०७४, १७ असार शनिबार १९:१२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कमला हमाल, नेपालगन्ज ।
कोहलपुर नगरपालिका
कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । ३ वटा वडाको मतगणना सम्पन्न हुदा सम्म नेपाली कांग्रेसका भानुभक्त भट्राइले २ हजार १ सय मत प्राप्त गर्नुभएको छ भने उपमेयर सन्जु कुमारी थारुले २ हजार २ सय २३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा एमालेका मेयरका उम्मेदवार लुट बहादुर रावतले १ हजार ९ सय ९१ मत प्राप्त गर्नुभएको छ भने उपमेयर कृष्ण कुमारी थारुले २ हजार १ सय ४६ मत प्राप्त गर्नु भएको छ । त्यस्तै माओवादी केन्द्रका नरेन्द्र न्यौपानेले १ हजार पाँच सय ८२ मत प्राप्त गर्नुभएको छ भने उपमेयर देवी थारुले १ हजार ३ सय ६० मत प्राप्त गर्नुभएको छ ।
वडा नम्वर २ मा नेकपा एमाले प्यानल सहित विजयी भएको छ । नेकपा एमालेका कर्ण बहादुर विसी १ हजार ३ सय ४५ मत सहित विजयी हुनुभएको छ । उहाका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका अमर बहादुर विकले ९ सय ९४ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै महिला सदस्यमा बाल कुमारी मल्लले १ हजार ३ सय ९३, दलित महिला सदस्यदुर्गा विकले १ हजार ४ सय ६, सदस्य राम कृष्ण थारुले १ हजार ३ सय ६, र अर्का खुला सदस्य शोभाखर अधिकारीले १ हजार २ सय ७६ मत प्राप्त गर्नुभएको छ ।
बैजनाथ गाँउपालिका
बैजनाथ गाँउपालिकामा वडा नम्वर ८ मा नेपाली कांग्रेसको प्यानलै नै विजयी भएको निर्वाचन अधिकृत भुवन देवकोटाले जानकारी गराउनुभयो । नेपाली कांग्रेसका भग्गन चौधरीले २०५३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै महिला सदस्यमा विमला सिंह थारुले २०५१, दलित महिला सदस्यमा कृष्ण कुमारी सुनारले १९६०, सदस्यमा हुक बहादुर रावतको १९६६ र अर्को सदस्यमा धिरेन्द्र सिंह ठकुरीले १८३५ मत प्राप्त गर्नुभएको छ ।
डुडुवा गाँउपालिका
डुडुवा गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नरेन्द कुमार चौधरी विजयी हुनुभएको छ । उहाका निकटतम प्रतिद्धन्दी संघिय समाजवादी फोरमका विजय यादवलाइ २ य ५४ मतले पराजित गर्दै चौधरी विजयी हुनुभएको हो । चौधरीले ४ हजार १ सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । भने यादवको ३ हजार १ सय ७९ मत प्राप्त गर्नुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाका धवल शमशेर राणाले नै अग्रता कायम गर्नुभएको छ । राणाको ५०२१ मत प्राप्त गर्नुभएको छ भने उपमेयरमा भने नेपाली कांंग्रेसकी उमा थापा मगरले अग्रता कामय गर्नुभएको छ । उहाँले ३९३९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै मेयरमा नेपाली कांग्रेसबाट शुरेश कुमार कनोडियाले २९०१ मत प्राप्त गर्नुभएको छ। भने त्यस्तै उपमेयरमा राप्रपाकी रमारानी वैश्यको ३७१३ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै मेयरमा माओवादी केन्द्रका दामोदर आर्चायको २४५१ र उपमेयरमा कलि मुनिया अन्सारीको २ १६६ र नेकपा एमालेका समशुदिन सिद्धिकीकोे २३६४ र उपमेयरमा २१६६ मत पाप्त गर्नुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्वर १,२,३,४,५, २२ र २३ को मतपरिणाम आइसकेको छ ।
Advertisement