आम निर्वाचन २०७४मा रहेका समाचारहरु

प्रत्यक्षतर्फको परिणाम दिएको निर्वाचन आयोगको गतिमा यतिबेला ब्रेक लाग्यो

पुस १२,काठमाडौँ।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको तथा फटाफट गणना सकेर प्रत्यक्षतर्फको परिणाम दिन सफल भएको निर्वाचन आयोगको गतिमा यतिबेला ‘ब्रेक’ लागेको छ । समानुपातिकतर्फको परिणाम दिनुपर्ने बेलामा हरेक मोडमा आयोगका अगाडि कानुनी अप्ठ्याराहरू आएका छन् समानुपातिकतर्फ प्रतिनिधिसभाको परिणाम दिन राष्ट्रिय सभाको पूर्णता नभईकन कठिनाइ भएको छ भने प्रदेशसभाको समानुपातिकतर्फको परिणाम दिन प्रदेश प्रमुखको नियुक्ति तगारो देखिएको छ । पुस १५ गतेभित्र सम्पूर्ण परिणामको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइसक्ने आयोगको यसअघिको लक्ष्यमाथि...

आयोगद्वारा प्रदेश सभा समानुपातिक सिट सार्बजनिक

पुस ७,काठमाडौँ ।निर्वाचन आयोगले प्रदेशसभा समानुपातिक निर्वाचनतर्फ दलहरुले प्राप्त गरेको प्रदेशअनुसार सिट बाँडफाँड गरेको छ । आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा शुक्रबार पत्रकार सम्मेलन गर्दै दलहरुले प्राप्त गरेको मतको आधारमा सिट वितरण गरेको हो। जसअनुसार नेकपा एमालेले ७५, नेपाली कांग्रेस ७२, माओ‌वादी केन्द्र ३५, संघीय समाजवादी फोरम १३, राष्ट्रिय जनता पार्टी १२ सिट पाएका छन्। यसैगरी राप्रपा र विवेकशील साझा पार्टी ३/३, जनमोर्चाले २ र नयाँ शक्तिले १ सिट पाएका निर्वाचन आयोगले...

को बन्दैछन् काँग्रेसबाट समानुपातिक सभासद?

काठमाडौं, ५ पुस । प्रतिनिधिसभामा २३ सिट मात्रै प्राप्त गरेको नेपाली कांग्रेस समानुपातिक निर्वाचनमा भने दोस्रो दल हुन सफल भयो। कुल ३१ लाख २८ हजार ३ सय ८९ मत पाएको कांग्रेसले करिब ४० सिट पाउने देखिन्छ। समानुपातिक तर्फका ११० मध्ये उसले पाउनुपर्ने सिटमा आधाभन्दा धेरै महिलालाई छुट्याउनुपर्नेछ। २१ जना महिला सांसदका लागि सिफारिस गर्नुपर्ने यो आँकडाले देखाउँछ। त्यसैगरी विभिन्न क्लस्टरमा गरी कांग्रेसले पुरुष १९ जना पाउने भएको छ। प्रत्यक्षतर्फ चर्चित तथा ‘हेभीवेट’ नेताहरु...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

नेपालगन्ज,२ पुस । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली तर्फको पनि मतगणना सकिएको छ। निर्वाचन आयोगका अनुसार खसेको मतमध्ये ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ। अन्तिम मत परिणाममा ३१ लाख ७३ हजार ४९४ मत सहित नेकपा एमाले पहिलो दल बनेको छ। प्रत्यक्षतर्फ तेस्रो भएको नेपाली कांग्रेस समानुपातिक मतगणनामा दोस्रो दल भएको छ। उसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ। एमालेले कांग्रेस भन्दा ४५ हजार...

काम लागेन समानुपातिकको झन्डै १० लाख मत

नेपालगन्ज,२ पुस । मंसिर १० र २१ गते भएको प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार आइतबार बिहानसम्म ९५ लाख ३ हजार ६ सय १८ मतगणना भएको छ। त्यसमध्ये नेकपा एमालेले ३१ लाख ६१ हजार २ सय ९५ मत पाएको छ। यो ३३.२ प्रतिशत हो। त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३१ लाख ११ हजार ६ सय ४३ मत पाएको छ। समानुपातिकमा कांग्रेसको हिस्सा ३२.७ प्रतिशत...

अब मात्रै १८ लाख समानुपातिक मत गन्न बाँकी

नेपालगन्ज, २९ मंसिर । गत मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको मतगणना सकिसकेको आयोगले समानुपातिक तर्फको गणना पनि अन्तिम चरणमा पुर्याएको हो निर्वाचन आयोगका अनुसार शुक्रबार बिहान ९ बजेसम्म समानुपातिकको ८७ लाख १७ हजार ८१४मत   गनिसकिएको छ ।  अब मात्रै १८ लाख ६९ हजार  ७०७ मत मात्रै गन्न बाँकी रहेको छ ।  निर्वाचनमा कूल १ करोड ५ लाख ८७...

८० सिट जित्दै एमाले बन्यो पहिलो दल

नेपालगन्ज, २७ मंसिर । २०७४ मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सकिएको छ । प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं. ३ को मतगणना बुधबार बिहान सकिएपछि प्रतिनिधिसभाको सबै १६५ वटै निर्वाचन क्षेत्रको मतगणना कार्य सम्पन्न भएको हो । प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै निर्वाचन क्षेत्रको मतगणना पनि सकिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित...

देउवा र गच्छदारले बनाए नयाँ रेर्कड

नेपालगन्ज, २७ मंसिर । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सबै क्षेत्रको परिणाम सार्वजनिक भएको छ। यो चुनावबाट १६५ जना सांसद निर्वाचित भएका छन्। ती १६५ जनामध्ये २ जना मात्र यस्ता सांसद छन्, जसले अहिलेसम्म भाग लिएका सबै चुनाव जितेका छन्। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट र उपप्रधानमन्त्री विजय गच्छदारले सुनसरी–३ बाट चुनाव जितेपछि उनीहरू छैठौं पटक संसदमा पुगेका छन्। नेपालको संसदीय चुनावमा यो उनीहरुको रेकर्ड हो। उनीहरुले २०४८, २०५१, २०५६ का आमनिर्वाचन...

सुनसरी-३ मा गच्छदार विजयी

सुनसरी, २७ मंसिर । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी भएका छन् । उनले झिनो मतान्तरले नेकपा एमालेकी भगवती चौधरीलाई पराजित गरेका हुन् । गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरी विजयी भएका हुन् भने उनकी निकटतम प्रतिस्पर्धी एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् । गच्छदारले ३२१ मतले चौधरीलाई पराजित गरेका हुन् । ...

गच्छदारलाई ५१९ मतको अग्रता, ६ हजार ८०३ मतगणना गर्न बाँकी

सुनसरी, २७ मंसिर । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका विजयकुमार गच्छदारले ५१९ मतले अग्रता लिएका हुन् । ताजा मतपरिणाम अनुसार गच्छदारले ३६ हजार ८० मत ल्याएका छन् । एमालेकी उमेदवार भगवती चौधरीको ३५ हजार ५६१ मत प्राप्त गरेकी छन् । अब ४ वटा वडाको मत गणना गर्न बाँकी छ । जसमा स्थानीय निकायको निर्वाचनमा ३ वटा वडामा विजयकुमार गच्छदारको पार्टीले जितेको थियो । बाँकी...