राष्ट्रिय सभा निर्वाचनमा प्रदेश ५ मा ३ सय ५ जनाले मतदान गर्दैै
प्रकाशित मिति : २०७४, २३ माघ मंगलवार १३:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दाङ्ग, माघ २३ । भोलि हुने राष्ट्रिय सभा निर्वाचनका लागि ५ नम्बर प्रदेशबाट ३ सय ५ जनाले मतदान गर्दैछन् । घोराहीको कर्मचारी मिलन केन्द्रमा विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनमा ५ जना चुन्न प्रदेश सभाका ८७ जना सांसद् र स्थानीय तहका २ सय १८ जना प्रमुख उपप्रमुखले मतदान गर्ने मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताउनुभयो ।
Advertisement
त्यसका लागि तयारी पूरा भएको रावलले जानकारी दिनुभयो । यो चुनावमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको १८ हुने उहाँले बताउनुभयो । एउटा प्रदेशबाट जम्मा ८ जना चुनिनेमा ३ महिला कोटामा यसअघि नै निर्विरोध भइसकेको छ । कोमल वली, मिना बुढा र अनिता देवकोटा निर्विरोध भएका छन् ।
प्रतिनिधि सभा चुनावमा झैं रााष्ट्रिय सभा चुनावमा पनि बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन चुनावी प्रतिष्पर्धामा छन् ।