समानुपातिक सूची सच्याउन ६ पार्टीलाई पत्राचार
प्रकाशित मिति : २०७४, १८ पुष मंगलवार १२:१२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं, १८ पुस । निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको सूची सच्याउन ६ राजनीतिक दलहरुलाई पत्राचार गरेको छ ।
Advertisement
नेपाली कांग्रेस, राजपा, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई मंगलबार पत्राचार गरिएको हो । आयोगका अनुसार अन्य दलहरुको सूचीमा भने समस्या छैन ।
आयोग प्रवक्ता दिनेश घिमिरेका अनुसार २० गतेभित्र दलहरुले सच्याएर सूची बुझाइसक्नुपर्ने छ ।
‘क्रमभंग भएको, समावेसी नभएको, महिला हुनुपर्नेमा पुरुष भएको लगायतका समस्या देखिएकाले संशोधित सूची बुझाउन भनिएको छ,’ प्रवक्ता घिमिरेले भने ।
२० गतेपछि सच्याउन भनेअनुसार भए-नभएको जाँचबुझ गर्ने र फेरि पनि त्रुटी देखिए ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाउने घिमिरेको भनाइ छ ।
उनले भने, ‘ऐनको व्यवस्था अनुसार भएको भए तुरुन्तै निर्णय गरिहाल्छौं तर समावेशी समूह नमिलेको वा आयोगले भनेअनुसार नभएमा निर्वाचित नगर्नेसम्मको व्यवस्था छ ।’