आम निर्वाचन २०७४मा रहेका समाचारहरु

को हुन् नेपालगन्जबाट कांग्रेस मेयरका उम्मेदवार डा. कनोडिया

नेपालगंज: डा. सुरेश कुमार कनोडियाको नाम धेरैलाई कण्ठ छ तर कयौंको गुनासो पनि छ – सहजै भेटवार्ता गर्न पाइएको छैन । त्यो अस्वभाविक पनि होइन, किनकी उनी नेपालगञ्ज मेडिकल कलेजको सञ्चालक अनी प्रवन्ध निर्देशक हुन् । धेरै थरिको व्यस्तता र अहं जिम्मेवारी पनि छ । तर अब त्यो चिन्ता गर्नु पर्ने स्थिती छैन्, उनले आफुलाई राजनीतिक रुपमा स्थापीत गर्दैछन् । बाल्यकालदेखिको समाज सेवा गर्ने सपना अब काँगे्रस अनी नेपालगञ्जीयाले...

अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार शर्मा घर दैलो अभियानमा

नेपालगन्ज:नेपालगन्ज उपमहानगरपालिका वार्ड न ६ का वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार रितेश कुमार शर्माको सबैको साथ सबैको बिकाश भन्ने मूल नाराका साथ चुनावी र्यालि सम्पन्न भयेको छ। उक्त र्यालिमा करिब १००० जना बढीको सहभागिता रहेको थियो।वडा नम्बर ६का अति चर्चित व्यक्ति रहदै आएका शर्मा आफुले सोचेको कुनै पनि राम्रो व्यक्तिहरुले उम्मेद्वारी नदिदा आफुले उम्मेद्वारी दिएको बताएका छन् । यस अघिका पदाधिकारीहरुले वडाको बिकाशको लागी कुनै पनि कदम नचालेको हुदा आफु...

उम्मेदवारहरु आज अन्तिम दिनको प्रचारप्रसारमा व्यस्त

नेपालगञ्ज: स्थानीय चुनावको प्रतिस्पर्धामा रहेका उमेदवारहरु आज अन्तिम दिनको प्रचारप्रसारमा व्यस्त छन् । आज मध्यरात बाट मौन अवधि सुरु हुदैछ । मतदान नसकिएसम्म लागू हुने मौन अवधिमा मतदातालाई प्रभावित पार्ने र प्रचारका कुनै पनि काम गर्न रोक लगाइएको छ ।   निर्वाचन आचारसंहिता अनुसार आज मध्यरातबाट उमेदवारले प्रचारप्रसार गर्न नपाउने भएकाले दलहरु अन्तिम दिनको चुनाव प्रचारमा खटिएका छन् । प्रमुख दलका शीर्ष नेतासहित उम्मेदवारहरु चुनावी सभा, र्याली र मतदातासँगको भेटघाटमा व्यस्त...

कोहलपुरमा काँग्रेस प्रवेशमा लहर चल्यो

कोहलपुर:अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर कोहलपुरमा चलेको छ । हालसम्म नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा परित्याग गरी नेपाली काँग्रेसमा ५ सय बढिले प्रवेश गरिसकेका छन् । वडा नं. १,२, ३, ६, ८, १०, १२ र १३ मा पार्टी प्रवेश गर्नेको संख्या बढि छ । काँग्रस नेता पूर्ण बहादुर खड्काले वडा नं. १, २, १३ मा १ सय बढिलाई स्वागत गरेका छन् । घरदैलो तथा चुनावी कार्यक्रमलाई...

नेपालगञ्जमा प्रचारप्रसार तीब्र

नेपालगञ्ज:नेपाली कांग्रेसले आज पनि नेपालगञ्जमा चुनाव प्रचारप्रसारलाई तिब्रता दिएको छ । मेयरका उम्मेदवार डा।सुरेश कुमार कनोडिया र उपमेयर उम्मदवार लगायत वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु विहानैदेखि अबेर साँझसम्म घरदैलो, भेटघाट, कोणसभामा ब्यस्त रहे । मेयर र उपमेयरका उम्मेदवारले आज विहान लायन्स क्लबका सदस्यहरुसंग छलफल गरेर आजको प्रचार अभियानको थालनी गरेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रचार प्रचार संयोजक सुरेन्द्र हमालले जानकारी दिनुभयो । त्यस्तै वडा नम्बर ४, ७ र ११ मा घरदैलो...

बाँकेमा कांग्रेसलाई हार्ने छुट छैनः बरिष्ठ नेता पौडेल

नेपालगञ्ज।नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बाँके पश्चिम नेपालको महत्वपूर्ण ठाउँ भएको भन्दै नेपाली कांग्रेसलाई जिताउन आह्वान गर्नुभएको छ। “यो काठमाण्डौ र विराटनगरपछिको ऐतिहासिक सहर हो, त्यसैले यहाँ कांग्रेसले कुनै पनि हालतमा हार्नुहुन्न,” नेता पौडेलले भन्नुभयो । नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जमा गरेको बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सुशील कोइरालाको ठाउँ नेपालगञ्जमा प्रतिष्ठाको लडाईं भएकाले पार्टीले कसरी चुनाव जित्न सकिन्छ, कस्तो उम्मेदवारलाई अघि सार्दा सफल हुन सकिन्छ भन्ने...

कांग्रेस नेता पौडेलद्वारा नेपालगञ्जस्थित कांग्रेसको क्षेत्रीय मिडिया डेस्कको अवलोकन

नेपालगञ्ज ।नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालगञ्जस्थित नेपाली कांग्रेसको क्षेत्रीय मिडिया डेस्कको आज अवलोकन गर्नुभएको छ । नेता पौडेलसँगै बाँकेका लागि खटिएका केन्द्रिय प्रतिनिधि केन्द्रिय सदस्य हृदयराम थानीले पनि मिडिया डेस्कको अवलोकन गर्नुभएको थियो । मिडिया डेस्कले अहिलेसम्म गरेका काम र गतिविधिहरुका बारेमा क्षेत्रीय संयोजक श्रीराम सिग्देलले जानकारी गराउनुभएको थियो । त्यस क्रममा नेता पौडेलले कांग्रेसका क्षेत्रभरका चुनावी गतिविधि प्रभावकारी ढंगले मिडिया कमरेज गर्न निर्देशन दिनुभयो । बाँके, बर्दिया,...

काग्रेस दाङद्धारा बागि उम्मेदवारलाई कारबाही गर्ने निर्णय

तुलसीपुर :नेपाली काग्रेस दाङले बागि उम्मेदवारलाई कार्बाही गरेको छ । काग्रेस दाङले उम्मेदवार सहित समर्थक र प्रस्तावकलाई कारबाही गरेको हो।काग्रेस दाङले लमही नगरपालिकामा बागि दिएका डिल्ली बहादुर खड्का, गढवा गाउपालिकाका उम्मेदवार डिल्ली आचार्य, लमहीका गुरुदेव चौधरी, शान्तिनगरका हेमन्त वली, तारा वली, मेघराज ज्ञवाली, मान बहादुर वली, बिरेन्द्र डाँगी, , खुम बहादुर वलीलाई पार्टीको बिधान अनुसार धारा ३९ (११) ख बमोजिम कारबाही गरिएको सचिब संकर डाँगीले जानकारी दिए । त्यस्तै कारबाही पर्नेहरुमा...

नेपाली काँग्रेस बाँकेको चुनावी घरदैलो अभियान थप आक्रमक बन्दै

नेपालगन्ज:नेपाली काँग्रेसले बाँकेका आठ वटै स्थानीय तह तथा ८१ वडा वडामा चुनावी घरदैलो अभियानलाई थप आक्रमक बनाएको छ । काँग्रेसप्रतीको जनलहर बढ्दै गएपछि नेपालगन्जका मेयर उपमेयर, कोहलपुरका मेयर उपमेयर तथा ६ वटै गाउँपालिकाका प्रमुख उपप्रमुखहरुले चुनावी अभियानलाई थप सशक्त पारेका छन । नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार डाक्टर सुरेशकुमार कनोडिया र उपप्रमुख पदका उम्मेदवार उमा थापामगरले आज लायन्स क्लव अफ नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका–२ बालमिकी टोल, त्यसैगरी सुर्जेगाउँमा घरदैलो गर्नुभएको छ । नेपालगन्जलाई...

आज दिउसो कांग्रेस नेता रामचन्द्र पौडेल नेपालगंज आउदै

नेपालगन्ज :नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज नेपालगन्जमा सम्बोधन गर्नुहुने भएको छ ।कांग्रेसका मेयर र उपमेयर तथा गाउँपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको पक्षमा माहोल बढाउन नेता पौडेले बाँके आउन लाग्नुभएको हो । पार्टीको स्थानीय तह प्रचार समिति संयोजक समेत रहेका पौडेलले आज दिउँसो नेपालगन्जको सिद्धार्थ कटेजमा नेता, कार्यकर्ता, उम्मेदवारलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला प्रचार बिभाग प्रमुख कपिल शर्माले जानकारी दिनुभयो । ...