आम निर्वाचन २०७४मा रहेका समाचारहरु

दाङमा पानीको झरीमा छाता ओढेर चुनावमा भोट खसाल्दै

तुलसीपुर :आज असार १४ । असारमा १५ मा दहिचिउरा खाने र मानो रोपेर मुरी उब्जाउने गरि धान दिवस मनाईन्छ । त्यसको पूर्ब सन्ध्यामा हुन लागेको स्थानिय तह निर्वाचनलाई मौसमले निकै चुनौती दिएको छ । दाङका पहाडी र देउखुरी क्षेत्रमा अहिले पानी परिरहेको छ । मतदाताहरु छाता ओढेर मतदान गर्न लाईनमा बसेका छन् । पटक पटक मिति सर्दै जाँदा असार १४ तोकिएपछि यस अघि नै मौसमले चुनौती सृजना गर्ने अनुमान गरिएको...

तीन वटा प्रदेशमा आज दोस्रो चरणको निर्वाचन हुदै

नेपालगंज: देशका तीन वटा प्रदेशमा आज दोस्रो चरणको निर्वाचन हुदैछ । उक्त निर्बाचनको सुरक्षाको उचित प्रवन्ध मिलाइएको भन्दै आयोगले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आहृवान गरेको छ । मतदान सम्बन्धित मतदान स्थलहरुमा आज विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था मिलाइएको जनाएको छ । यस पटक सुरक्षा निकायले शान्ति सुरक्षाको अवस्थालाई भरपर्दो बनाएको हुँदा कोही कसैबाट जनताको मताधिकारलाई कुण्ठित गराउने प्रयास भएमा सुरक्षाकर्मीले त्यस्ता प्रयासलाई विफल पार्ने कुरामा विश्वस्त हुन...

नवलपरासीमा उच्च सतर्कता, विष्फोट घटनामा चारजना पक्राउ

नेपालगन्ज । दोस्रो चरणमा निर्वाचन हुन लागेको नवलपरासीका सातवटा स्थानीय तह लक्षित गरी उच्च सतर्कता अपनाइएको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले स्थानीय प्रशासनले निर्वाचन हुन लागेको क्षेत्रमा उच्च सतर्कता अपनाएको हो । सुरक्षा निकायले नवलपरासीमा दोस्रो चरणमा निर्वाचन हुन लागेको प्रदेश नं ५ मा पर्ने सात स्थानीय तहमा कुल ७० वटा मतदानस्थल अतिसंवेदनशील क्षेत्र तोकेर सुरक्षा रणनीति अघि सारेको छ । सत्तरीवटै अतिसंवेदनशील मतदानस्थलको सुरक्षाका...

कसले मार्ला नेपालगन्ज मेयरको बाजी?

नेपालगन्ज:स्थानीय तह निर्वाचनको पुर्व सन्ध्यामा नेपालगन्जका मतदाता यतिबेला मैदानमा उत्रिएका उम्मेदवारको योग्यता र क्षमताको विश्लेषण गरिरहेका छन् । नेपलागन्जका सडक, गल्ली, चोक, चियापसल लगायत स्थानमा मतदाताहरुको यिनै विषयमा चासो रहेको देखिन्छ । नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयरमा योग्य र सक्षम व्यक्तिलाई जिताउने आम मतदाताको तयारी छ । भाषण भन्दापनि काम गरेर देखाउन सक्ने क्षमता बोकेका उम्मेदवारलाई जिताउने यहा“का मतदाताहरु बताउ“छन् । उपमहानगरपालिकाको भावी मेयरका रुपमा नेपाली कांग्रेसले डा. सुरेशकुमार कनोडिया...

रोल्पामा माओवादीलाई चिप्ल्याउन नेकपा माओवादी सफल होला?

रोल्पा: दोस्रो चरणको निर्वाचनमा दलहरूले देशका विभिन्न स्थानमा आफूअनुकूल तालमेलको संस्कृतिलाई प्रश्रय दिइरहेका छन् । रोल्पाको थबाङ गाउँपलिकाको तालमेल हेर्दा त तीनछक नपर्ने सायदै कोही होला । विप्लब नेतृत्वको नेकपा माओवादीले केन्द्रीय नीतिअन्तर्गत नै पहिलो तथा दोस्रो चरणका स्थानीय निर्वाचनमा भाग नलिने नीति बनाएको थियो । पहिलो चरणको निर्वाचनलाई बिथोल्ने गरी आन्दोलनका कार्यक्रम पनि ग¥यो । दोस्रो चरणका लागि पनि आन्दोलनका कार्यक्रम तय ग¥यो । केन्द्रीय नेतृत्वले निर्वाचन बहिस्कार...

मतदाता परिचयपत्र वितरण भइरहेको छ– आयोग

काठमाडौँ: दोस्रो चरणमा यही असार १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ प्रदेशका ३५ जिल्लामा सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र तिव्ररुपमा वितरण भइरहेको छ । दोस्रो चरणको निर्वाचनको लागि सम्बन्धित मतदान केन्द्रबाट मतदाताले सक्कली मतपत्रको अवलोकन, मतदाता शिक्षा र मतदाता परिचयपत्र एकैसाथ पाउने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ जना मतदाता रहेको...

विप्लवले निर्वाचन बिथोल्न नैतिकरुपमा मिल्दैन:गृहमन्त्री

तुलसीपुर । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विप्लव नेतृत्वको नेकपालाई चुनाव बिथोल्न नैतिकताले नदिने बताएका छन् । रोल्पामा चुनाव लडेको नेकपालाई अन्य जिल्लाको चुनाव बिथोल्न नैतिकताले नदिने मन्त्री शर्माको भनाइ छ । दाङको तुलसीपुरमा बिहान बिहान आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री शर्माले भने, ‘अब विप्लवले निर्वाचन बिथोल्न नैतिकरुपमा मिल्दैन । किनभने थवाङमा उहाँ चुनावी मैदानमा हुनुहुन्छ । कतै उम्मेदवारी दिने कतै बिथोल्ने ? यो हुन सक्दैन ।’ रोल्पाको थवाङमा विप्लव समूह पनि...

मौन अवधि सुरु, के गर्न पाइँदैन ?

नेपालगन्ज । १४ असारमा हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि आइतबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिताअनुसार मौन समयभित्र राजनीतिक दल तथा दलका उम्मेदवारहरूसमेतलाई निर्वाचनका लागि प्रचारप्रसारजन्य कुनै पनि किसिमका क्रियाकलाप गर्न पूर्ण रूपमा बन्देज छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदानको समय सुरु हुनु ४८ घण्टाअघिबाट नै मौन अवधि सुरु हुने भन्दै सो अवधिमा राजनीतिक दलहरूले प्रचारप्रसारलगायतका कुनै पनि...

बैजनाथ गाउँपालिकामा एमालेमा पहिरो

नेपालगञ्ज: बाँकेको बैजनाथ गाउँपालिका कांग्रेसमय बनेको छ । पछिल्लो समय दिनहुँ एमालेका कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गरिरहेका छन् । आज प्रचारप्रसारको अन्तिम दिन पनि बैजनाथ गाउँपालिका वडा नम्बर ८ का नेकपा एमालेका पूर्व अध्यक्ष सहित ४५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । वडा नम्बर ८ का एमाले पूर्व वडा अध्यक्ष बसन्त थारुको नेतृत्वमा ४५ जना कांग्रेसमा प्रबेश गरेका हुन् । उनीहरुलाई वडा नम्बर ८ का कांग्रेस उम्मेदवार भगन...