आम निर्वाचन २०७४मा रहेका समाचारहरु

प्रदेश नम्बर दुईको चुनाव सर्‍यो, तीनवटा प्रदेशमा असार १४ मै निर्वाचन

नेपालगन्ज । आन्दोलनरत राष्ट्रिय जनता पार्टी र सत्तागठबन्धनबीच दुई नम्बर प्रदेशको चुनाव सार्ने सहमति भएको छ । बाँकी रहेका प्रदेशमा भने असार १४ मै निर्वाचन गराउने सहमति भएको हो । प्रदेश १, ५ र ७ मा भने असार १४ मै चुनाव हुने छ । दुई नम्बर प्रदेशको चुनावको मिति भने अाजै अायोगसँगको छलफलमा तय गरिने भएको छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले दुई नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव गर्ने सहमति भएको...

आयोगले चुनाव सार्न अस्वीकार गरेपछि सत्तारुढ दलहरु छलफलमा

नेपालगन्ज । निर्वाचन आयोगले असार १४ गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचन सार्न अस्वीकार गरेपछि सत्तारुढ दलहरु छलफलमा जुटेका छन् । प्रदेश नम्बर २ का ८ जिल्ला र प्रदेश नम्बर पाँच अन्तर्गत तराईका जिल्लामा चुनाव सार्न सत्तारुढ दलले गरेको प्रस्ताव आयोगले अस्वीकार गरेको थियो । बिहीवार विहान भएको छलफलमा आयोगगले फेरिपनि चुनावको मिति सार्न नसकिने बताएको थियो । चुनाव मिति सार्न आयोग राजी नभएपछि सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र...

नेपालगञ्जको विकासका लागी कटिबद्ध रहेको सवै मेयरका उम्मेद्धारहरुको प्रतिबद्धता

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेद्धाहरुले नेपालगञ्जको विकासका लागी आफुहरु कटिबद्ध रहेको प्रतिबद्धता जनाएका छन् । आज नेपालगञ्जमा अन्नपूर्ण मिडिया नेटवर्कल आयोजना गरेको अन्नपूर्ण राउन्ड टेवल कार्यक्रमा सहभागि मेयर पदका उम्मेद्धाहरुले देशकै प्रमुख ऐतिहासिक शहर नेपालगञज भएकोले यसको विकासमा आफुहरु सधै कटिबद्ध भएको बताएका हुन् । भैतिक संरचना निर्मार्ण, पुर्ननिमार्ण, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुद, फोरमैला व्यवस्थापन जस्ता विषयमा सवैको ध्यानकर्षभएको जिकिर गरेका थिए । कार्यक्रमा नेपाली कांग्रेसका मेयरका उममेद्धार...

मुख्य तीन दल र राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेताहरुको बैठक निष्कर्षबिहीन

नेपालगन्ज । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहित मुख्य तीन दल र राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा संविधान संशोधन, स्थानीय तहको सङ्ख्यामा वृद्धि र राजपालाई निर्वाचनमा सहभागी गराउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बेलुका बसेको बैठक बिहीबार पुनःबस्ने गरी बिनानिष्कर्ष टुङ्गिएको हो । बैठकमा (एमाले) ले असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सार्न नहुने स्पष्ट धारणा...

चुनाव जिते अवको ५ बर्ष मात्र होइन राप्ती नजादा सम्म जनताको सेवा गर्छु: डा.कनोडिया

सौरभ गिरी/कमला हमाल,नेपालगन्ज । नेपाली कांग्रेसबाट मेयर पदका उम्मेद्धारका शुरेश कुमार कनोडियाले आफुले चुनाव जिते अवको ५ बर्ष मात्र होइन राप्ती नजादा सम्म जनताको सेवा गर्ने बताउनुभएको छ । आज नेपालगञ्जमा रफत सञ्चार क्लव बाँकेको आयोजना भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता कनोडियाले बाँकेको नेपालगन्ज्लाई पश्चिम नेपालकै नमूना शहरका रुपमा विकास गर्ने बताउनुभयो । काँग्रेसमा पैसाको राजनीतिक र टिकट बिक्रि भयो भन्न्े जिज्ञाशामा उहाँले यो सरासर गलत भएको भन्दै कनोडियाले...

मतदान अधिकृत राजपाको नियन्त्रणमा

सप्तरी । आन्दोलनरत राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले निर्वाचन अधिकृतहरुको तालिमस्थल घेराउ गरेका छन् । साथै त्यहाँ पुगेका मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएर बलपूर्वक धर्नास्थलमा राखेका छन् । निर्वाचन आयोगले निर्वाचन अधिकृतहरुका लागि महेन्द्र विन्देश्वरी क्याम्पसमा तालिम राखेको थियो । तर, सुरु हुनु अगाडि नै राजपाका कार्यकर्ताले क्याम्पस घेराउ गर्दै धर्ना दिएका छन् । राजपाका कार्यकर्ताले तालिममा सहभागी हुन आएका निर्वाचन तथा मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएर धर्नामा बसालेका छन् । ...

प्रधानमन्त्रीले राखे प्रदेश नम्बर २ र ५ को चुनाव सार्ने प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजपाले चुनावमा भाग लिने लिखित बाचा गरे प्रदेश नम्बर २ र ५ को चुनाव सार्ने प्रस्ताव राखेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको प्रमुख दलहरुको बैडकमा प्रधानमन्त्री देउवाले घुमाउरो रुपमा चुनाव सार्ने प्रस्ताव राखेका हुन् । ‘मिति सारेर सम्झौता गर्न सकिन्छ कि भन्दै प्रधानमन्त्रीले चुनाव सार्ने कुरा गर्नुभयो’ बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार प्रधानमन्त्रीले यदि यसरी चुनाव सार्ने हो भने आयोग नै गठन...

स्वतन्त्र उम्मेदवार रितेश कुमार शर्माद्धारा सम्पर्क कार्यालय स्थापना

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार रितेश कुमार शर्माले सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ । मंगलबार एक औपचारिक कार्यक्रमका बीच कार्यालयको स्थापना गरिएको हो । स्थानीय एक दृष्टिबिहिन बृद्ध नन्कु यादवले कार्यालयको उदघाटन गर्नुभएको हो । नेपाली कांग्रेस सर्मथक रहेका शर्माले आफुलाई उम्मेदवार बनाउने नबनाउने कुराबारे कसैसंग नभनेर स्वतन्त्र रुपमा वडाको अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले आफुले वडा नं.६ म बृद्धबृद्धाहरुको सम्मानका...

कोहलपुर क्षेत्रको शैक्षिक विकासका लागि कोहलपुरका मेयरका उम्मेद्धारको सामुहिक प्रतिवद्धता

कमला हमाल,कोहलपुर:कोहलपुर क्षेत्रको शैक्षिक विकासका लागि कोहलपुर क्षेत्रका मेयर पदका उम्मेद्धारले सामुहिक प्रतिवद्धता जनाएका छन् । आज कोहलपुरमा आयोजित कोहलपुरको शैक्षिक विकासमा मेरो भूमिका विषयक मेयर पदका उम्मेद्धाहरुसंगको अन्तरक्रिया कार्यक्रमा यस्तो प्रतिपद्धता जनाएका हुन् । बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरको आयोजनामा गरीएको कार्यक्रममा कोहलपुर क्षेत्रमा रहेको एक मात्र स्नाकोत्तर अध्यन हुने क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पसलाइ मध्यपश्चिम विश्वविद्लयको आङ्गीक क्याम्पस बनाउने, संवैधानिक संरचनाको व्यवस्था भए बमोजिम अनुसार स्वीकार्यता लिने, यस...

‘नेपालगन्जमा कांग्रेसको जित सुनिश्चित छ’: डा सुरेश कनौडिया

नेपालगंज: नेपाली कांग्रेसबाट नेपालगञ्ज उपमहानगरपालिकामा मेयर पदका प्रत्याशी डा. सुरेशकुमार कनौडियाले नेपालगञ्जको मुहार फेर्नका लागि मेयर पदमा आफ्नो उम्मेदवारी दिएको बताएका छन् । नेपाली कांग्रेस बाँके क्षेत्र नं.२ ले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मेयर पदका प्रत्याशी डा. कनौडियाले भने, “मेयर, उपमेयर र वडाहरुमा हाम्रा उम्मेदवारहरुको जीत सुनिश्चित भइसकेको छ । निर्वाचन त वैधानिकता दिने कुरा मात्र हो ।” डा. कनौडियाले राजनीतिलाई आफूले व्यवसायको रुपमा नहेरेर यसलाई एउटा सेवाको रुपमा...