कोहलपुर क्षेत्रको शैक्षिक विकासका लागि कोहलपुरका मेयरका उम्मेद्धारको सामुहिक प्रतिवद्धता
प्रकाशित मिति : २०७४, ३० जेष्ठ मंगलवार १६:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कमला हमाल,कोहलपुर:कोहलपुर क्षेत्रको शैक्षिक विकासका लागि कोहलपुर क्षेत्रका मेयर पदका उम्मेद्धारले सामुहिक प्रतिवद्धता जनाएका छन् । आज कोहलपुरमा आयोजित कोहलपुरको शैक्षिक विकासमा मेरो भूमिका विषयक मेयर पदका उम्मेद्धाहरुसंगको अन्तरक्रिया कार्यक्रमा यस्तो प्रतिपद्धता जनाएका हुन् । बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरको आयोजनामा गरीएको कार्यक्रममा कोहलपुर क्षेत्रमा रहेको एक मात्र स्नाकोत्तर अध्यन हुने क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पसलाइ मध्यपश्चिम विश्वविद्लयको आङ्गीक क्याम्पस बनाउने, संवैधानिक संरचनाको व्यवस्था भए बमोजिम अनुसार स्वीकार्यता लिने, यस क्षेत्रकै एक मात्र सामूदायिक क्याम्पस भएकाले स्थानिय निकायले स्विकार्यता दिने जस्ता कुरामा प्रतिवद्धता जनाएका छ । क्याम्पसका अध्यक्ष होम प्रकाश सुवेदीको अध्यक्षतामा भएको कोयक्रमा एमालेका मेयर पदका उम्मेद्धार लुट बहादुर रावत, माओवादी केन्द्रका नरेन्द्र न्यौपाने, नेपाल लोकतान्त्रिक फोरमका फुलाराम थारु, राष्ट्रिय जनमोर्चाकी बालकुमारी आर्चायले सामुहिक प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा क्याम्पसका प्रध्यापक तथा विद्यार्थी, पत्रकारहरुको सहभागिता रहेको थियो ।
Advertisement