प्रदेश नम्बर दुईको चुनाव सर्यो, तीनवटा प्रदेशमा असार १४ मै निर्वाचन
प्रकाशित मिति : २०७४, १ असार बिहीबार १३:२१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । आन्दोलनरत राष्ट्रिय जनता पार्टी र सत्तागठबन्धनबीच दुई नम्बर प्रदेशको चुनाव सार्ने सहमति भएको छ । बाँकी रहेका प्रदेशमा भने असार १४ मै निर्वाचन गराउने सहमति भएको हो ।
प्रदेश १, ५ र ७ मा भने असार १४ मै चुनाव हुने छ । दुई नम्बर प्रदेशको चुनावको मिति भने अाजै अायोगसँगको छलफलमा तय गरिने भएको छ ।
Advertisement
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले दुई नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव गर्ने सहमति भएको जानकारी दिइन् । दुई नम्बर बाहेको प्रदेशमा मनोनयन दार्ता केही दिनपछि सार्ने गरि आयोगसँग छलफल गरिने उनले जानकारी दिइन् । सत्तारुढदलले तीनबजे आयोगसँग छलफल गर्ने भएका छन् ।
निर्वाचन सार्ने निर्णय भएको भएपनि राजपाले भने यसमा सहमति जनाएको छैन । उसले तेस्रो चरणमा हुने निर्वाचनमा सहभागी हुने सुनिस्चितता भने गरेको छैन ।