आम निर्वाचन २०७४मा रहेका समाचारहरु

कांग्रेसले बुधबार सम्म सबै उम्मेदवारको टुङ्गो लगाउने

काठमाडाैं । नेपाली कांग्रेसले बुधबारसम्ममा स्थानीय तह दोस्रो चरणको चुनावका लागि उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ । मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बुधबारसम्ममा दोस्रो चरणको स्थानीय चुनावको लागि उम्मेदवारी तय गरिसक्ने निर्णय गरेको हो । बैठकमा प्रदेश नम्बर २ का उम्मेदवारको विषयमा विशेष जोड दिएर छलफल गरिएको थियो । प्रदेश नम्बर २ को ८ जिल्लामा पार्टीले दिने उम्मेदवारीको विषयमा विशेष जोड दिएर छलफल भईरहेको नेता महेश आचार्यले जानकारी दिए...

अठृाइस जना मतदाता कालोसूचीमा

दाङ । विभिन्न क्षेत्र, राज्यबाट कसुरदार ठहरिएका जिल्लाका २८ जना मतदाता कालोसूचीमा परेको निर्वाचन आयोगको कार्यालय, दाङले जनाएको छ । कालोसूचीमा परेकाले मतदान गर्न पाएपनि कुनैपनि सार्वजनिक पदधारणका लागि उम्मेदवारी दिन नपाउने जिल्ला प्रशासन कार्यालय, दाङका लेखा अधिकृत बालचन्द्र गौतमले जानकारी दिनुभएको छ । कालोसूचीमा पर्नेमा तुलसीपुर उपमहानगरपालिकामा १५ जना, घोराही उपमहानगरपालिकामा आठजना बङ्गलाचुली गाउँपालिकामा दुईजना, राजपुर गाउँपालिकामा एकजना, शान्तिनगर गाउँपालिकामा एकजना र लमही नगरपालिकामा एकजना रहेका निर्वाचन कार्यालयले जनाएको छ...

‘तोकिएको समयमा निर्वाचन हुन्छ’

बझाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले तोकिएको समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नुभएको छ । नेपाली काँगेसको चुनावी सभालाई सम्बोधन गर्न बझाङ पुग्नुभएका पाण्डेले पे्रेस युनियन जिल्ला शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यसैवर्षभित्र तीनवटै तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । सबैलाई सहमतिमा ल्याएर निर्वाचन सफल गराउन सरकार लागि रहेको पाण्डेको भनाइ थियो । राजनीतिक स्थिरता, संविधानको सफल कार्यान्वयन, समृद्धि र विकासका लागि काँग्रेसलाई विजयी गराउनुपर्ने उहाँले...

स्थानीय तहको निर्वाचनमा त्रिकोणीय प्रतिस्पर्धा हुने

नेपालगन्ज । आगामी असार १४ गते हुने दोस्रोचरणको स्थानीय निकायको निर्वाचनमा बाँके जिल्लाका राजनीतिक दलका नेता, तथा उम्मेदवारलाई अहिले निकै चटारो छ । आ—आप्mनो पार्टीको झन्डा, चुनाव चिन्ह अङ्कित पर्चा, पोस्टर बोकेर माइकिङ गर्दै सबै पार्टीका नेता, कार्यकर्ता र उम्मेदवार घरदैलो अभियानमा लागेका छन् । जिल्लाको डुडुवा, जानकी, बैजनाथपुर, खजुरा, राप्तीसोनारी, नरैनापुर गाउँपालिका तथा खजुरा नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका लागि प्रायः सबै राजनीतिक दलले आ–आफ्ना उम्मेदवार तय गरिसकेका छन् । राजनीतिक...

डा. सुरेशकुमार कनोडियाको गाडीमा ढुंगामुढा

नेपालगन्ज । राष्ट्रिय जनता पार्टी (राजपा)का कार्यकर्ताले कांग्रेसको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडियाको गाडीमा ढुंगा हानेका छन्। कनोडियालाई लिन उनको निवासतर्फ जाँदै गरेको बेला बिहान ८:१० बजे बा१४छ १३४७ नम्बरको गाडीमा ढुंगा हानिएको जिल्ला प्रहरी कार्यालयका एसपी टेकप्रसाद राईले जानकारी दिए। उनका अनुसार गाडीको सिसा फुटेको छ। ढुंगा प्रहार गर्ने राजपा कार्यकर्ता ललितकुमार रौनियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डा. कनोडियाले घटनालाई सामान्य बताए। सार्वजनिक यातायात र बजारमा...

दाङमा मुख्य दलबाटै आचारसंहिता उलङघन

दाङ:निर्वाचन आयोगले जारी गरेको आचारसंहिता दाङका मुख्य दलहरुबाटै चुनावी प्रचारमा उलङघन भैरहेको छ । आयोगले सवारी साधनको ¥याली गर्न नपाईने, टिसर्ट, झोला र टोपी जस्ता जिन्सी समान बाढ्न नपाईने भने पनि यहाँका मुख्य दलहरुबाटै त्यसको उलङघन भैरहेको छ । निर्वाचनको प्रचारमा खटेका व्यक्तिहरुले आस्थावान पार्टीको लोगो सहितका टिसर्ट र टोपी लगाएर प्रचारप्रसार गरिरहेका छन् । अर्काे तर्फ उपमहानगर, नगर र गाउँपालिकाका प्रमुखले एउटा चारपांग्रे र दुई वटा मोटरसाईकल प्रचारमा प्रयोग...

दोस्रो चरणको चुनाब असार १४ मै हुन्छ : ओली

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले आगामी असार १४ गते नै स्थानिय तह दोस्रो चरणको निर्वाचन हुने बताउनुभएको छ । नेकपा एमाले कोहलपुर नगर कमीटी कोहलपुरले स्थानिय निर्वाचनलाई लक्षित गरि आज कोहलपुरमा आयोजना गरेको कोहलपुर नगरपालिकाका उम्मेदवारहरुको नामावली घोषणा जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असार १४ मा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो । असार १४ गते निर्धारण गरिएको स्थानिय तह दोस्रो चरणको चुनावलाई कुनै पनि शक्तिले अब...

कोहलपुरलाई झुप्रो मुक्त बनाउँछु : भट्टराई

कमला हमाल, नेपालगंज । बाँकेको कोहलपुर नगरपालिकालाई झुप्रो मुक्त बनाउने नेपाली काँग्रेसबाट कोहलपुर मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराईले बताएका छन् । कोहलपुर ११ लोकनगरमा आज सम्पन्न भएको चुनावि सभालाई सम्बोधन गर्दै उनले कोहलपुर नगरपालिका भित्रका सबै झुुप्रो भएका सबै घरलाई टिनमा बदल्ने प्रतिवदद्वता व्यक्त गरेका छन् । यहि असार १४ गते हुने स्थानिय तहको निर्वाचनको कोहलपुर नगरको मेयर पदमा उम्मेद्वारी पाएसँगै निर्वाचन प्रचार प्रसारलाई तिव्रता दिएका छन् । राष्ट्रिय तथा अन्र्तराष्टिय...

मतदान केन्द्रमा पुग्न पाँच घन्टा हिँड्नुपर्ने बाध्यता

रुकुम । आगामी असार १४ गते दोस्रो चरणको स्थानीय तहको निर्वाचमा यहाँको एक मतदान केन्द्रमा पुग्न मतदातालाई पाँच घन्टा पैदल हिँड्नुपर्ने भएको छ । ५ नं प्रदेशमा पर्ने रुकुमको भुमे गाउँपालिका–८ मा रहेको मतदान केन्द्रमा पुग्न त्यहाँका अधिकांश ठाउँका मतदातालाई पाँच घन्टाभन्दा बढी समय हिँड्नुपर्ने बाध्यता भएको हो । साविकको रुकुमकोट गाविसको ४ नं वडा र महत गाविसका ७ र ८ वडा मिलाएर बनाइएको भुमे–८ को मतदान केन्द्र साविकको महत...

पार्टीभित्रकै असहयोगले काँग्रेसको पराजयः नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौँ काँग्रेसले पराजय भोग्नुपरेको बताउनुभएको छ । नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाका मतदातालाई धन्यवाद दिन आज राजधानीमा आयोजना गरिएको कार्यक्रममा नेता सिंहले आमजनताको ठूलो समर्थन रहेपनि पार्टीभित्रैबाट अन्तर्घात हुनु दुःखद हो भन्नुभयो । उहाँले भन्नुभयो – “काठमाडौँ काँग्रेसले निर्वाचन हार्नुको कारण खोज्नुपर्ने समय आएको छ ।” उहाँले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा आठवटा निर्वाचन क्षेत्र जितेको काँग्रेसले अहिले किन हा¥यो...