आम निर्वाचन २०७४मा रहेका समाचारहरु

२४ घन्टापछि गच्छदारको क्षेत्रमा मतगणना सुरू

सुनसरी, २६ मंसिर ।  सुनसरी क्षेत्र नम्बर ३ मा सोमबार बिहान ११ बजेदेखि रोकिएको मतगणना पुनः सुरु गर्ने सहमति भएको छ । अर्धकट्टीसहितको २७ वटा मतपत्र भेटिएपछि विवाद भएका कारण गणनाको काम रोकिएको थियो । उपप्रधानमन्त्री विजयकुमार गच्छदार र वाम गठवन्धनका उम्मेदवार भगवती चौधरीबीच प्रतिस्पर्धा रहेको सो क्षेत्रमा मतपत्रमा पैसा भेटिएको विषयलाई लिएर बढेको विवाद नसुल्झिँदा मतगणना स्थगित भएको थियो। चौधरीको २९३२६ मत रहँदा गच्छदारको २९१७१ मत रहेको छ। सो क्षेत्रमा...

प्रहरीको फरार सूचीमा रहेका चौधरी २१ हजार मतान्तरले विजयी

टीकापुर, २६ मंसिर । टीकापुर हत्याकाण्डमा संलग्न रहेको भन्दै प्रहरीले खोजिरहेका रेशमलाल चौधरी प्रतिनिधि सभा सांसद निर्वाचित भएका छन्। मंगलबार बिहान सार्वजनिक भएको मत परिणाममा प्रतिष्पर्धी एमालेकी मदनकुमारी शाहलाई २१ हजार मतान्तरले पराजीत गरी राजपाबाट उम्मेदवार बनेका चौधरी विजयी भएका हुन्। चौधरीले ३४ हजार ३ सय ४१ मत पाएका छन् भने शाहले १३ हजार ४ सय ६ मत ल्याएकी छन्। प्रदेश सीमांकनको विरोध गर्दै कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको प्रदर्शनमा एक...

सिरहा १ मा कांग्रेस नेता प्रदीप गिरी विजयी

सिरहा, २५ मंसिर । सिरहाको क्षेत्र नंम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसका नेता प्रदीप गिरी विजयी भएका छन् । गिरीले २३ हजार ९५१ मत ल्याएर विजयी भए । गिरीले निकटतम प्रतिद्धन्द्धी गंगा यादबलाई २६ सय ८० मत अन्तरले पराजित गरेका हुन् । एमालेका उम्मेदवार गंगा यादबले २१ हजार ३७१ मत प्राप्त गरे । ...

वाम गठबन्धन प्रतिनिधिसभामा दुई तिहाइ नजिक

नेपालगन्ज, २५ मंसिर- देशभरीबाट निर्वाचनको अन्तिम मतपरिणाम आइरहँदा वाम गठबन्धनले शतक माथि पुगेको छ ।  प्रतिनिधिसभामा अहिलेसम्मको सार्वजनिक भएको १ सय ४६ सिटको अन्तिम मतपरिणाममा वामपन्थी गठबन्धनले १ सय ५ सिट आफ्नो पक्षमा पार्दै सतक पुरा गरेको हो । गत मंसिर १० र २१ गरी दुई चरणमा भएको निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ जना सांसद निर्वाचन हुनेछन् भने १ सय १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । दुवै गरी प्रतिनधिसभामा कूल...

चितवनबाट प्रचण्ड निर्वाचित

चितवन, २५ मंसिर – चितवनको क्षेत्र नम्बर तीनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् । दाहाल ४८ हजार २ सय ६९ मत सहित विजयी भएका हुन् । राप्रपाका विक्रम पाण्डेले ३८ हजार २ सय ४२ मत मात्रै ल्याए । ...

समानुपातिकको मतगणना – एमालेको झिनो अग्रता, कांग्रेस दोस्रोमा [अपडेट]

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना सकिँनै लाग्दा समानुपातिकको मतगणना पनि जारी रहेको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा अग्रस्थानमा रहेको नेकपा एमालेले समानुपातिकामा पनि अग्रता कायम गरेको छ । प्रत्यक्ष निर्वाचनमा तेस्रो स्थानमा रहेको नेपाली कांग्रेस भने समानुपातिकमा दोस्रो स्थानमा रहेको छ । कांग्रेस नेकपा एमालेसँगको प्रतिस्पर्धामा रहेको छ । तेस्रो स्थानमा भने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा दोस्रो बनेको नेकपा माओवादी केन्द्र रहेको छ । चौथो स्थानमा राजपा पाँचौमा विवेकशील साझा, छैठौंमा...

एनपी साउद पराजित, एमालेका नरबहादुरले बाजी मारे

कञ्चनपुर, २५ मंसिर । कञ्चनपुर क्षेत्रनम्बर २ बाट कांग्रेस नेता एनपी साउद पराजित भएका छन् । उनलाई एमालेका युवा नेता नरबहादुर धामीले ८ हजार भन्दा बढी मतान्तरले पराजित गरेका हुन् । आइतवार राति सम्पन्न मतगणना अनुसार धामी ३३ हजार ३२० मत प्राप्त गरी बिजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी कांग्रेस नेता तथा पूर्वमन्त्री साउदले २४ हजार ८९३ मत प्राप्त गरेका छन् । कञ्चनपुर १ मा माओवादी उम्मेदवार विना मगर निर्वाचित भएकी...

अर्थमन्त्री कार्की सुनसरी ४ बाट निर्वाचित

सुनसरी, २५ मंसिर । भोजपुरमा चुनाव लड्दा विगतमा पटक पटक पराजित हुँदै आएका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की सुनसरीमा भने निर्वाचित भएका छन्  । सुनसरी ४ मा  कार्की ३२३४७ मत ल्याएर निर्वाचित भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्दी एमालेका रमेश श्रेष्ठले २५७५० मत प्राप्त गरे । सुनसरी ४ को प्रदेशसभा ख तर्फ नेकाका मोहबत ताहिर अन्सारीले ११८२५ मत ल्याएर बिजयी भए भने उनका निकटतम प्रतिद्वन्दी माकेका मोहबत जाकिर हुसैनले ७६७० मत प्राप्त...

कांग्रेस महामन्त्री शशांक कोइराला नवलपुर-१ बाट बिजयी

नवलपुर, २५ मंसिर । नेपाली कांग्र्रेसका अधिकांश शीर्ष नेताहरु पराजित भएका बेला महामन्त्री शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर हृयाटि्रक गरेका छन् । महामन्त्री कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट ३६ हजार ६५२ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३०८ मत प्राप्त गरेका छन् । चार नम्बर प्रदेशका १८ मध्ये १६ सिटको नतिजा आउदा कांग्रेसबाट चुनाव जित्ने कोइराला पहिलो हुन् । ...

बाँके १ क बाट माओबादीकी आरती पौडेल बिजयी

नेपालगन्ज,२४ मंसिर । प्रदेश सभा अन्तर्गत बाँके छेत्र नम्बर १क मा माओबादीकी आरती पौडेल १९३८९ मटी ल्याई बिजयी। उनका निकटम प्रतिद्वंदी कांग्रेसका नारायण गौडेललाई पौडेलले ४१९० मत ले पराजित गरेकी छीन। कांग्रेसका नारायण गौडेल १५२०५ मत प्राप्त गरेका छन। ...