आम निर्वाचन २०७४मा रहेका समाचारहरु
नेपालगन्ज-बर्दियाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका नेता सञ्जय गौतम निर्वाचित भएका छन् । सिचाई मन्त्री समेत रहेका सञ्जयले नेकपा एमालेका वरिष्ठ नेता एवम् पुर्वउपप्रधानमन्त्री बामदेव गौतमलाई पराजित गरे । आईतबार अपरान्ह सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सञ्जयले ४४ हजार ८ सय २९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी वाम गठबन्धनका बामदेवले ४४ हजार ७६ मत ल्याएका छन् । सञ्जयले ७ सय ५३...
झापा, २४ मंसिर । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । अाेली ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यो निर्वाचनमा अहिलेसम्म विजयी उम्मेदवारले ल्याएको मत मध्ये ओलीको मत सर्वाधिक हो । उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याए । ...
तनहुँ , २४ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य चुनावमा पराजित भएका छन् । तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका पौडेल एमालेका किसानकुमार श्रेष्ठ किसानसँग ६४१४ मतान्तरले पराजित भएका हुन् । श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याउँदा पौडेलले २७ हजार ६ सय ७५ मत मात्र पाए । २०७० सालमा भएको संविधानसभा निर्वाचनमा पौडेलका प्रतिस्पर्धी थिए, किसान श्रेष्ठ । करिव ४५ सय मतले पराजित श्रेष्ठले यो...
झापा, २४ मंसिर । कांग्रेस नेता कृष्ण सिटौलालाई पराजित गर्दै राप्रपाका राजेन्द्र लिङ्देन झापा ३ बाट प्रतिनिधिसभा सदस्य सदस्यमा विजयी भएका छन् । बाम गठबन्धनका लागि राप्रपाबाट उम्मेदवार बनेका लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याए । कांग्रेस उम्मेदवार सिटौलाले ३१ हजार १ सय ७१ मत ल्याए । ...
नेपालगन्ज, २४ मंसिर । बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका नन्दलाल रोकाय विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाबाट ४९७६ मत अन्तरसहित उनी विजयी भएका हुन् । रोकायले ३१५९३ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्व संसाद बादसाह कुमीले २६६१७ मत ल्याएका छन् । ...
तनहूँ, २४ मंसिर । तनहूँ क्षेत्र २ प्रदेश सभा (क) का नेपाली काँग्रेसका उम्मेदवार पाँच मतले पछि परेको अवस्थामा ४२ मत फर्जी भेटिएको भन्दै पुनः मतदानको माग गरेका छन्। प्रदेश सभामा वाम गठबन्धनकी उम्मेदवार आशा कोइरालाले ५ मतले पराजित गरेको चर्चा सार्वजनिक भएपछि उम्मेदवार पौडेलले त्यो आफूहरुलाई स्वीकार्य नहुने भन्दै पुनः मतदानको माग गरेका हुन्। ‘पछिल्लो मतपेटिकामा २ हजार ३२८ मत भनिएको थियो। पछि गणना गर्दा २ हजार ३७० मत भेटिएको छ’,...
धनगढी, २४ मंसिर । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधी सभा सदस्यमा नेकपा एमालेका नारदमुनी राना विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाबाट ४८८० मत अन्तरसहित उनी विजयी भएका हुन् । रानाले २७२०२ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नेता तथा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले २२३२२ मत ल्याएकी छिन । ...
तनँहु, २४ मंसिर । तनँहु क्षेत्र नं १ मा नेपाली कांग्रेका बरिष्ठ नेता रामचन्द्र पौडेलको हार्ने पक्का भएको छ। उनी मतगणनाको सुरुवात देखिनै लगातार पछाडि छन्। हारसँगै उनको तनँहुको राजनीतिक विरासत समाप्त हुने देखिएको छ। तनँहुबाट पौडेल २०४८ देखि लगातार निर्वाचन जित्दै आएका थिए। २०४८ मा पौडेल क्षेत्र नं १ बाट विजयी भएका थिए। त्यसपछि २०५१, २०५६, २०६४ र २०७० मा उनी क्षेत्र नं २ बाट विजयी भएका थिए। यसपटक निर्वाचन...
प्यूठान, २४ मंसिर । प्रदेशसभा सदस्यका लागि प्यूठान क्षेत्र नम्बर १ बाट वाम गठवन्धनका साझा उम्मेदवार हरी रिजाल विजयी भएका छन्। आइतबार सार्वजनिक भएको मतपरिणाम अनुसार उनी निकटतम प्रतिस्पर्धी कांग्रेसका टेकप्रसाद भण्डारीलाई दोेब्बर मतले पछि पार्दै विजयी भएका हुन्। रिजालले २४ हजार सात सय ३४ र भण्डारीले १२ हजार ६ सय ३८ मत पाएका छन्। दुईबीच १२ हजार ६ सय ३८ मतको अन्तर परेको छ। नौवहिनी गाउँपालिका–४ लुङ निवासी रिजालको मताधिकार...
नेपालगन्ज, २४ मंसिर । बाँके क्षेत्र नम्बर ३ ख बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका बाबुराम गौतम विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाबाट ४२४५ मत अन्तरसहित उनी विजयी भएका हुन् । गौतमले ११८७७ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लक्ष्मी नारायण शाहले ७५९२ मत ल्याएका छन् । ...