प्रहरीको फरार सूचीमा रहेका चौधरी २१ हजार मतान्तरले विजयी
प्रकाशित मिति : २०७४, २६ मंसिर मंगलवार ०८:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
टीकापुर, २६ मंसिर । टीकापुर हत्याकाण्डमा संलग्न रहेको भन्दै प्रहरीले खोजिरहेका रेशमलाल चौधरी प्रतिनिधि सभा सांसद निर्वाचित भएका छन्।
Advertisement
मंगलबार बिहान सार्वजनिक भएको मत परिणाममा प्रतिष्पर्धी एमालेकी मदनकुमारी शाहलाई २१ हजार मतान्तरले पराजीत गरी राजपाबाट उम्मेदवार बनेका चौधरी विजयी भएका हुन्।
चौधरीले ३४ हजार ३ सय ४१ मत पाएका छन् भने शाहले १३ हजार ४ सय ६ मत ल्याएकी छन्।
प्रदेश सीमांकनको विरोध गर्दै कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको प्रदर्शनमा एक बालक, नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको ज्यान गएको थियो।
सोही घटनामा चौधरीको संलग्नता रहेको भन्दै प्रहरीले उनलाई खोजी गरिरहेको छ।
प्रहरीको फरार सूचीमा रहेका चौधरीले वारेसनामाबाट उम्मेदवारी दिएका थिए।
यो पनि पढ्नुहोस्
जनताले सिंहदरबारको ढोका खोलिदिए : मोष्ट वान्टेड चौधरी