प्यूठान प्रदेशसभा सदस्य (१) बाट हरी रिजाल विजयी
प्रकाशित मिति : २०७४, २४ मंसिर आईतवार ११:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
प्यूठान, २४ मंसिर । प्रदेशसभा सदस्यका लागि प्यूठान क्षेत्र नम्बर १ बाट वाम गठवन्धनका साझा उम्मेदवार हरी रिजाल विजयी भएका छन्। आइतबार सार्वजनिक भएको मतपरिणाम अनुसार उनी निकटतम प्रतिस्पर्धी कांग्रेसका टेकप्रसाद भण्डारीलाई दोेब्बर मतले पछि पार्दै विजयी भएका हुन्।
Advertisement
रिजालले २४ हजार सात सय ३४ र भण्डारीले १२ हजार ६ सय ३८ मत पाएका छन्। दुईबीच १२ हजार ६ सय ३८ मतको अन्तर परेको छ। नौवहिनी गाउँपालिका–४ लुङ निवासी रिजालको मताधिकार क्षेत्र नम्बर २ मा भएपनि उनी १ बाट उम्मेदवार बनेका थिए।
२०२२ साल मंसिरमा जन्मिएका रिजालले २०३६ सालदेखि राजनीतिक यात्रा सुरु गरेका हुन्। नेकपा एमाले प्यूठानका निवर्तमान अध्यक्ष रिजाल २०३६ सालमा अनेरास्ववियू प्यूठानको संस्थापक अध्यक्ष भएका थिए। २०५४ सालको स्थानीय निकाय निर्वाचनमा उनी जिल्ला विकास समिति प्यूठानको उपसभापतीमा विजयी भएका थिए।