२६ वर्षपछि रामचन्द्र पौडेल तनँहुमा पहिलोपटक हार्दै
प्रकाशित मिति : २०७४, २४ मंसिर आईतवार १२:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तनँहु, २४ मंसिर । तनँहु क्षेत्र नं १ मा नेपाली कांग्रेका बरिष्ठ नेता रामचन्द्र पौडेलको हार्ने पक्का भएको छ। उनी मतगणनाको सुरुवात देखिनै लगातार पछाडि छन्।
Advertisement
हारसँगै उनको तनँहुको राजनीतिक विरासत समाप्त हुने देखिएको छ। तनँहुबाट पौडेल २०४८ देखि लगातार निर्वाचन जित्दै आएका थिए। २०४८ मा पौडेल क्षेत्र नं १ बाट विजयी भएका थिए। त्यसपछि २०५१, २०५६, २०६४ र २०७० मा उनी क्षेत्र नं २ बाट विजयी भएका थिए। यसपटक निर्वाचन क्षेत्र निर्धारण पछि उनी तनँहु १ बाट उम्मेद्वार बनेका थिए।
तर यसपटक वाम गठबन्धनको चुनावी लहरले पौडेललाई बगाउने निश्चित देखिएको छ।
यो समाचार तयार पार्दासम्म बाम गठबन्धनका एमाले उम्मेद्वार कृष्णकुमार श्रेष्ठ ‘किसान’ भन्दा पौडेल ५ हजार ५ सय २४ मतले पछाडि छन्।
श्रेष्ठको मत २९ हजार ३ सय ८१ छ भने पौडेलको मत २३ हजार ८ सय ५७ छ।
तनँहु १ का निर्वाचन अधिकृत अर्जुन प्रसाद कोइरालका अनुसार हालसम्म तनँहु १ को ५८ हजार २ सय १२ मत गणना भएको छ। त्यहाँ ६८ हजार मत खसेको छ। र, अब १० हजार मत गणना गर्न बाँकी छ।
यस्तोमा अब जितका लागि पौडेलले सबैजसो मत आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ। जुन सम्भव देखिदैँन। पौडेलले १० हजारको ८ हजार मत आफ्नो पक्षमा पारे मात्र जित्न सक्छन्।
जसमध्ये ५ हजार ५ सय मत किसानसँगको मतको खाडल तिर्नमै खर्च हुनेछ। त्यसपछि मात्र उनले ‘लिड’ गर्न सक्छन्।
उता गन्न बाँकी रहेका मत मध्ये २५ सय मत मात्र किसानले आफ्नो पक्षमा पारेको अवस्थामा जित्ने छन्। जुन सम्भव छ।
पौडेलले १० हजार मत एकलौटी पार्न सम्भव देखिदैँन। त्यसैले पौडेल पराजय नजिक छन्।
२०५१ देखि २०५६ सम्मका सभामुख, पटक पटक मन्त्री भएका पौडेललाई अब उमेरका कारण पनि राजनीतिमा कमब्याक सहज छैन। २०१७ साल देखि अहिलेसम्म कांग्रेसमा सक्रिय राजनीति गर्ने पौडेल सबैभन्दा पाका नेता मध्येका हुन्। उनी कांग्रेस सभापति शेरबहादुर देउवा भन्दा पहिला देखि कांग्रेसको राजनीतिमा सक्रिय थिए। तनँहु १ मा यसपटकको पराजय पौडेलका लागि भारी पर्ने देखिन्छ।