जनताले सिंहदरबारको ढोका खोलिदिए : मोष्ट वान्टेड चौधरी
प्रकाशित मिति : २०७४, २४ मंसिर आईतवार ११:३१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सीताराम ओझा
धनगढी, २४ मंसिर । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय जनता पार्टी नेपालका उमेदवार रेशमलाल चौधरीले अप्रत्याशित रुपमा अग्रता बढाउँदै लगेका छन् । प्रहरीको ‘मोष्ट वान्टेड’ सूचीमा रहेका चौधरीविरुद्ध स्थानीय प्रशासनले टीकापुर घटनामा संलग्न भएको दावी गर्दै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हतियार डकैती सम्बन्धि तीन वटा मुद्दा दायर गरेको छ ।
Advertisement
२०७२ भदौ ७ गते भएको टीकापुर घटनामा प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात जना सुरक्षाकर्मी र डेढ वर्षिय बालक टेकेन्द्र साउदको हत्या भएको थियो । त्यो घटनाको मुख्य योजनाकारको रुपमा उनलाई सरकारी पक्षले भन्दै आएको छ । तर, घटना भइरहेकै बेला फरार भएका थिए ।
घटनापछि विभिन्न व्यक्तिहरु पक्राउ परे पनि उनी अझै समातिन सकेका छैनन् । रेशमले टिकापुर घटनामा आफुलाई लगाएको आरोप निराधार रहेको बताउदै आएका छन । चाखलाग्दो कुरा त रेशमले टीकापुर घटनामा सम्पत्ति क्षति भएको भन्दै राहतस्वरुप राज्यबाट करोड ७३ लाख रकम सरकारबाट क्षतिपूर्ति बुझेका छन् ।
चाैधरीको अग्रताले उनी जिततर्फ उन्मुख भइरहेको देखिन्छ । अधिकांश थारु समुदायका मानिसहरु २६ महिनादेखि पुर्पक्षका लागि जेलमा छन् । उनीहरु रेशमले जितेमा छुट्ने आशामा धेरैले रेशमलाई समथर्न गर्दै भोट दिएको मत परिणामले बताइरहेको छ । रेशमले जितेमा के होला ? उनी संसदमा जालान् कि नजालान् ? प्रहरीले उनलाई पक्राउ गर्ला कि नगर्ला भने चोक चोकमा चर्चा परिचर्चा हुन थालेको छ ।
उम्मेदवारबिनाको प्रचार र राति राति लुकीछिपी गरिएको प्रचारले प्रतिस्पर्धीभन्दा बढी मत पाइरहेका रेशम प्रहरीको खोजीको सूचीमा छन् । २७ महिनादेखि फरार रहेका उनी अहिले पनि धनगढी आसपासकै स्थानमा रहेका छन् । चुनावी मत परिणाम उनले तुरुन्तै पाइरहेका छन् र उनले त्यसलाई आफ्नो फेसबुकमा पनि अपलोड गरिरहेका छन् ।
उनले कैलालीका विभिन्न सञ्चारकर्मीहरुलाई फोन सम्पर्क गरी मतपेटिकाको सुरक्षा र सही मत परिणाम होस् भन्नका लागि खबरदारी गरिदिन पनि आग्रह गर्दै आएका छन् । आफूलाई जनताले सिंहदरबारको ढोका खोलिदिएको दाबी गर्दै उनले आफूलाई रोक्नु भनेको जनमतको कदर नगर्नु हो भनेका छन् ।
रेशमले चुनाव जितेमा के गर्ने भनेर नै प्रहरी प्रशासन अन्योल छ । उनलाई देखेमा पक्राउ गर्ने कैलाली प्रहरीले बताएको छ । स्थानीय प्रशासनले भने अवस्थाअनुसार अगाडि बढ्ने संकेत गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले रेशमले चुनाव जितेपछि पक्राउ गर्ने नगर्ने विषयमा पछि नै अवस्थाअनुसार थाहा हुने वताए ।
तर, कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले भने चुनाव जिते पनि प्रहरीको नजरमा सबै समान हुने भएकोले रेशमलाई पक्राउ गरिने बताए ।