सङ्घीय संरचनाअनुसार गृह प्रशासनको तयारी
प्रकाशित मिति : २०७४, १७ पुष सोमबार ०८:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौँ, १७ पुस । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको अन्तिम नतिजा आएको तीन साता बित्न लागे पनि समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छैन । अनेक कानुनी संरचनामा अल्झिएको मतपरिणको पूर्वसर्त राष्ट्रियसभा निर्वाचनलाई मानिए पनि निर्वाचनको मितिसमेत तोकिएको छैन । लामो विवादपछि बल्लतल्ल राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश भने जारी भएको छ ।
अध्यादेश जारी भए पनि तत्काल निर्वाचन प्रक्रिया भने अगाडि बढ्नेछैन । निर्वाचन आयोगले पुस १३ गते १५ दिनको समय दिएर राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । दल दर्ताको समयपछि मात्र निर्वाचन कार्यतालिका प्रकाशन हुनेछ । Pm-office
सरकारको तयारी र निर्वाचन आयोगले जारी राखेको प्रक्रियाअनुसार कम्तीमा पनि राष्ट्रियसभा निर्वाचनको परिणाम प्राप्त नहुँदासम्म नयाँ प्रधामन्त्री चयन प्रक्रिया अगाडि बढ्ने अवस्था छैन । यो समयसीमाअनुसार छिटोमा फागुनको पहिलो साता नयाँ प्रधानमन्त्री सिंहदरबार पुग्ने सम्भावना छ । माघसम्म राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम तथा प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम र सदस्य छनोटले नै समय
लिने देखिएको छ ।
राष्ट्रियसभा अध्यादेश जारी भएकै दिन गत शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलअनुसार ढिलामा माघ मसान्तभित्र निर्वाचन हुने गरी मिति तय गर्ने समझदारी बनेको छ । निर्वाचन आयोगले यसबीचमा दल दर्ताको प्रक्रिया सकेर सरकारले तय गरेको मितिअनुसार निर्वाचनको आन्तरिक कार्यतालिका तयार पार्नेछ ।
प्रधानमन्त्रीसँगको भेटमा निर्वाचन आयोगले माघ २५ भित्र मतदान प्रक्रिया सम्पन्न गर्ने गरी आन्तरिक कार्यतालिका प्रधानमन्त्रीलाई बुझाइसकेको छ । गत शुक्रबार आयोग पदाधिकारीसँगको भेटअनुसार सरकारले प्रक्रिया अघि बढाएमा ढिलामा पुस २० गतेभित्र राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तय हुनेछ ।
आयोगले अहिले सरकारले निर्वाचन मिति घोषणा गरेको ४० दिनसम्म प्राविधिक तयारीको समय माग गर्दै आएको छ । तर, दलीय सहमति भएमा उक्त समयसीमा घटाउन सकिने आयोगको विश्वास छ ।
निर्वाचन आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले निर्वाचनको मिति घोषणापछि तयारीको प्राविधिक समय सहमतिमै तय हुने बताउनुभयो । घिमिरेले भन्नुभयो, “अहिले आयोगले ४० दिनको आकलन गर्दै आएको छ । तर, यसलाई घटाउन सकिन्छ भन्ने विश्वास छ । मिति तय भएपछि छलफल गरेर समय टुङ्गिन्छ । ”
राष्ट्रियसभा कहिलेसम्म ?
माघको तेस्रो साताभित्र राष्ट्रियसभा निर्वाचन सम्पन्न भएमा त्यसको परिणाम प्राप्त हुन बढीमा दुई दिनमात्र लाग्नेछ । निर्वाचक मण्डल सानो हुने भएकाले मतपरिणाम चाँडै आउनेछ ।
तर, राष्ट्रियसभाको परिणामपछि मात्र निर्वाचन आयोग प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्ने तयारीमा छ । उक्त मतपरिणाम सार्वजनिक भएपछि पनि दलहरूलाई समानुपातिक सांसद सिफारिस गर्ने समय दिनुपर्नेछ । यस्तै उक्त नामावली मिले नमिलेको आयोगले रुजुसमेत गर्नुपर्नेछ । रुजु गरी उम्मेदवारलाई विजयी घोषणा गर्ने अवधिसम्म एक साता लाग्नेछ । राष्ट्रियसभा निर्वाचन तथा प्रतिनिधिसभातर्फ समानुपातिकको सिट बाँडफाँट समेतमा माघ मसान्त सकिनेछ, गोरखापत्रमा खबर छ ।
Advertisement