पत्रपत्रिकाबाटमा रहेका समाचारहरु
नेपालगन्ज,२० बैशाख।साढे ३३ किलो सुन गायब प्रकरणका सात अनुत्तरीत प्रश्नहरु – १. मुख्य अभियुक्त गोरेलाई बाहिरबाट सहयोग गर्ने प्रहरी समातिए । उनीहरुमाथि मुद्दा लाग्यो । तर, साढे ३३ किलो सुन ल्याउन दिने विमानस्थलकै सुरक्षाकर्मीमाथि अनुसन्धान भएन । २. विमानस्थलमा प्रहरीमात्र होइन, भन्सार, अध्यागमन, गुप्चरजस्ता सुरक्षा संयन्त्र हुन्छन् । ती संयन्त्रमाथि छानबिन भएन । जबकि, यसअघि सीआईबीका तत्कालीन प्रमुख नवराज सिलवालको नेतृत्वले ३३ किलो सुन बरामद गर्दा प्रहरीका एसएसपी श्याम खत्री मात्र...
काठमाडौँ, १७ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण (अगस्ट २०१४) का वेला राजनीतिक स्तरबाट टुंगो लागिसकेको भारतले नेपालतर्फ जहाज प्रवेश बिन्दु थपिदिने विषय अझै पनि टुंगोमा पुग्न सकेको छैन । त्यसवेला राजनीतिक स्तरमा सहमति भई प्राविधिक तहमा आइसकेको यो विषय साढे चार वर्ष नाघिसक्दा पनि टुंगिएको छैन । नेपालमा निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखराका लागि थप जहाज प्रवेश मार्ग आवश्यक पर्छ, नयाँ पत्रिकामा खबर छ । पछिल्लो...
काठमाडौँ, १७ बैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई उपसभापति, पूर्णबहादुर खड्कालाई महामन्त्री र डा. प्रकाशशरण महतलाई सहमहामन्त्रीका रूपमा प्रस्ताव गर्दै छन् । सहमहामन्त्रीका लागि अर्का नेता मानबहादुर विश्वकर्माको नाम पनि चर्चा छ । देउवाले महतलाई नै बनाउने तयारी गरेको उनीनिकट स्रोतको दाबी छ । निधि, खड्का र महत तीनैजना देउवानिकट हुन् । निधि कांग्रेस फुटेर बनेको कांग्रेस प्रजातान्त्रिकमा महामन्त्री थिए । एकता भएपछि पनि उनी महामन्त्री भए ।...
काठमाडौं, १६ बैशाख । गोप्य सूचना तथा जानकारी संकलन गर्ने निकाय राष्ट्रिय अनुसन्धान विभाग कुन मन्त्रालय मातहत राख्ने सत्तारुढ दल एमाले-माओवादीभित्रै विवाद देखिएको छ। गृह मन्त्रालय मातहत रहँदै आएको विभागसहित सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग सरकारले प्रधानमन्त्री कार्यालयमातहत राख्ने निर्णय फागुन तेस्रो साता गरेको थियो। त्यही बेलादेखि माओवादीले अनुसन्धान विभाग आफ्ना पार्टीका रामबहादुर थापाले नेतृत्व गर्दै आएको गृह मन्त्रालयबाट झिकेर प्रधानमन्त्री कार्यालय अन्तर्गत राखेकामा प्रधानमन्त्रीसँग प्रत्यक्ष/अप्रत्यक्ष असन्तुष्टि राख्दै आएको...
काठमाडौँ, १५ बैशाख । कांग्रेस नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको पूजा गर्न नसकिने बताएका छन् । यसअघिको केन्द्रीय समिति बैठकमा बाँडेको पर्चाका कारण आफूमाथि आरोप लागेपछि पौडेलले त्यसको बचाउ गर्दै नेतृत्वको आलोचना गरेका हुन्, नयाँ पत्रिकामा खबर छ । ‘महादेव भोगी भएनन् त्यागी भए र पूजा हुन्छ,’ शुक्रबार बैठकमा डेढ घन्टा बोलेका पौडेलले भने, ‘तपाईं (शेरबहादुरजी) चारपटक प्रधानमन्त्री हुनुभयो । तर, त्यागमा लाग्नुभएन भोगी हुनुभयो । त्यसैले चारपटक प्रधानमन्त्री...
नेपालगञ्ज, ११ बैशाख । बाँके राष्ट्रिय निकुञ्जमा पानीका स्रोत सुकेपछि निकुञ्ज प्रशासनले कृत्रिम पोखरी निर्माण शुरु गरेको छ । बढ्दो गर्मीसंगै निकुञ्जमा रहेका साना ठूला गरी २० वटा जलाशयमा पानीको सतह घटेपछि निकुञ्जले यो बर्ष ५ वटा कृत्रिम पोखरीमध्ये ३ वटा निर्माण भइसकेको र २ वटा स्थान छनौट गरी तत्काल निर्माण गर्ने योजना रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत रबिन चौधरीले बताउनुभयो । निकुञ्जभित्र पानीको समस्या देखिन थालेपछि कृत्रिम पोखरी...
काठमाडौं, १८ चैत । प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रमा ‘मूल नेतृत्व’ शक्तिशाली देखिएको छ। पार्टीभित्रका प्रतिपक्षी नेता कमजोर देखिएका कारण अध्यक्ष/सभापति सर्वशक्तिमान देखिएका हुन्। आफूअनुकूल निर्णय लिन उनीहरूलाई अहिले पार्टीभित्रै चुनौती दिने कुनै नेता देखिएका छैनन्। वैचारिक/राजनीतिक पक्षमा प्रजातान्त्रिक, लोकतन्त्रवादी भनेर व्याख्या गरिए पनि पार्टीभित्रको वैचारिक बहसदेखि निर्णय क्षमतामा अन्य नेताको भूमिका करिब ‘शून्य’ कै स्थितिमा पुगेको पूर्वमन्त्री तथा एमाले नेता राधाकृष्ण मैनाली बताउँछन्। पार्टीभित्र अध्यक्ष/सभापति शक्तिशाली...
नेपालगन्ज, १५ चैत । नेपालमा चिनियाँ रेल ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा कार्यान्वयनमा कुनै गति नदेखिए पनि भारतीय रेल गुड्ने भने पक्का भएको छ । काठमाडौंमा दुई वर्षभित्रै चिनियाँ रेल गुड्ने प्रधानमन्त्री ओलीको घोषणालाई विज्ञहरुले ‘हावादारी’को संज्ञा दिइरहेका बेला दक्षिणी छिमेकी भारतबाट नेपालसम्म रेल गुडाउने सपना सम्भव देखिएको हो । भारतले जयनगर-बर्दिबास, जोगबनी-विराटनगर, नैतनवा-भैरहवा, रुपेडिया-नेपालगन्ज र जलपाइगुरी-काकरभिट्टा मार्गमा रेल गुडाउने प्रक्रिया अघि बढाएको छ । यी पाँच मार्गमध्ये नेपाल सरकारले बर्दिबासमम्म आउने...
काठमाडौँ, १४ चैत । सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकारले बिदा कटौती गर्ने तयारी गरेको हो । यसअघिका सरकारले दिँदै आएको २२ वटा सार्वजनिक बिदा कटौती प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत गरी घोषणा...
काठमाडौँ, १२ चैत । माओवादीले एमालेसँग पार्टी एकताको निर्णय गर्न बिहीबारका लागि सचिवालय वैठक बोलाएको छ । बैठकले एकताको महत्वपूर्ण निर्णय गर्न सक्ने माओवादी नेता मणि थापाले बताए । एकताका लागि माओवादी प्रदेश इन्चार्जहरूले अन्तरिक गृहकार्य गर्न लागिसकेका छन् । आन्तरिक गृहकार्यकै लागि माओवादीले शनिबार पूर्व हेडक्वार्टर सदस्यको बैठक बोलाएर प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको थियो । सचिवालय बैठकमा इन्चार्जहरूले प्रदेश, जिल्ला क्षेत्र र गाउँसम्मको पार्टीको वैचारिक संगठनिक विषयमा रिपोर्ट...