पत्रपत्रिकाबाटमा रहेका समाचारहरु

उपनिर्वाचनको तयारी सुरु, प्रमद्वारा आयोग पदाधिकारीसँग छलफल

काठमाडौ, १८ साउन । सरकारले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको उपनिर्वाचन गराउने तयारी सुरु गरेको छ । यसै विषयलाई लिएर प्रधानमन्त्री के.पी. शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा छलफल गरेका छन् । उपनिर्वाचनका लागि सबभन्दा पहिले स्थानीय तह निर्वाचन ऐन २०७३ मा संशोधन गर्नुपर्ने छ । स्थानीय तहमा मात्रै १९ जिल्लाका नगरपालिका प्रमुख, गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यलगायतका २०७ पद रिक्त रहेका छन् । प्रधानमन्त्री ओलीसँग निर्वाचन आयोगका प्रमुख...

व्यक्तिको गोपनीयता भंग गरे तीन वर्ष कैद

नेपालगन्ज,९ साउन।सम्बन्धित व्यक्तिलाई नसोधी कसैले गोपनीयता भंग गरे तीन वर्ष कैद हुने व्यवस्थासहितको मस्यौदा तयार भएको छ । मौलिक हक कार्यान्वयनका लागि आवश्यक पर्ने १५ वटा कानूनी मस्यौदामध्ये गोपनीयताको विषयमा मस्यौता तयार भएर मन्त्रिपरिषद् पठाइएको कानून मन्त्रालयले जनाएको छ । कानूनी मस्यौताको गोपनीयतासम्बन्धी हकमा व्यक्तिको मञ्जुरीविना कसैको गोपनीयता भंग गर्न नपाइने उल्लेख गरिएको छ । गोपनीयताको हनन भएमा ४५ दिनभित्र उजुरी गर्नुपर्ने व्यवस्था मस्यौदामा व्यवस्था गरिएको छ । कुनै पनि व्यक्तिको...

पूर्वयुवराज पारस ट्राफिकको फन्दामा परेपछि

काठमाडौं ३१ जेठ । घटना गत सोमबार (२८ जेठ)को हो। स्थान, जवलाखेल चोक । दिउँसो एउटा गाडी ट्राफिक नियमको बेपर्बाह गर्दै हुइँकियो । चोकमा तैनाथ ट्राफिक प्रहरीको नजर गाडीमा पर्‍यो । बा.१४प २१३१ नम्बरको गाडी थियो । कोसिस गर्दा पनि प्रहरीले गाडी नियन्त्रणमा लिन सकेन । ट्राफिक नियम मिच्दै गाडी पुल्चोकतिर हुइँकियो । जावलाखेल ट्राफिकले तत्काल हरिहरभवनको प्रहरीलाई फोन गरेर भन्यो, ‘एउटा गाडी अनियन्त्रित गतिमा त्यतातिर आउँदै छ । चालक विदेशीजस्तो...

राजपाको बटमलाईन : सांसद चौधरीको शपथ

नेपालगन्ज, २९ जेठ । मधेस आन्दोलनको सहयात्री संघीय समाजवादी फोरम केन्द्र सरकारमा सहभागी भएपछि राष्ट्रिय जनता पार्टीभित्र जबर्जस्त बहस सुरु भयो, सरकारमा जाने कि दिएको समर्थन फिर्ता लिने ? प्रदेश २ मा फोरमसहित मिलेर बनाएको आफ्नो सरकार एकातिर, केन्द्रमा चाहिँ आफू अर्कातिर भएपछि कुरा चलेको थियो, अब प्रदेशमा पनि राजपाबाहेकको सरकार बन्छ । यसलाई हल्ला भन्दै राजपाको अध्यक्षमण्डलले केही दिनअघि विज्ञप्ती नै जारी गरेर फोरम केन्द्र सरकारमा गए पनि प्रदेश...

‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई पक्राउ

नुवाकोट,जेठ २२ – सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३, इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले ठगी मुद्दामा कारबाही शुरु गरेको छ।नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरेबापत २५ लाखको चिठ्ठा परेको भन्दै त्यो रकम प्राप्त गर्न राजश्व शुल्क चाहिनेलगायतका बहानामा ती महिलालाई ठगी गर्ने ३४ वर्षका घिमिरेविरुद्ध सोमबार नुवाकोट जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले...

आजका ६ कार्टुन

नेपाल(साप्ताहिक)मा छापिएको रवीन्द्र मानन्धरको कार्टुन अन्नपूर्ण पोस्टमा छापिएको राजेश केसीको कार्टुन अन्नपूर्ण पोस्टमा छापिएको बासु क्षितिजको कार्टुन आजको नेपाल समाचारपत्रमा छापिएको कार्टुन कारोबारमा छापिएको रवि मिश्रको कार्टुन काठमाण्डू पोस्टमा छापिएको अविन श्रेष्ठको कार्टुन ...

विवाहमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने, खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

काठमाडौं, जेठ ११ – काठमाडौं, जेठ ११ विवाहमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने कानून बन्ने भएको छ। गृह मन्त्रालयले तयार पारेको सामाजिक सुधार विधेयकमा दुलाहा पक्षले दुलहीलाई ४० र दुलही पक्षले दुलाहालाई बढीमा २० ग्राम सुन दिन मिल्ने उल्लेख छ। दाइजो, जन्ती र आफूखुसी भोजभतेर गर्दा विभिन्न समस्या भएको भन्दै मन्त्रालयले नयाँ ऐन ल्याउने तयारी गरेको हो।विवाहमा बोलाइएका व्यक्तिले ५ सय रुपैयाँ वा सो बराबरको मात्र उपहार दुलाहा वा...

कांग्रेस सांसदलाई विज्ञको कक्षा : थोरै तर गहन बोल्नू

काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमका बारेमा विज्ञमार्फत सांसदलाई पढाएको छ । कांग्रेसले मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आफ्ना सांसदलाई एकैठाउँ राखेर सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे पढाएको हो । सांसदहरूलाई अर्थविद् डा. विश्व पौडेल, योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेल, पूर्वअर्थमन्त्री डा. रामशरण महत, डा. नारायण खड्कासहित कांग्रेस नेता मीनेन्द्र रिजाल र उद्योगपतिसमेत रहेका सांसद विनोध चौधरीले सरकारको नीति तथा कार्यक्रमबारे जानकारी गराएका...

प्रहरीलाई झुक्याउन १७ दिनमा आठवटा सिमकार्डको प्रयोग

भक्तपुर, २६ वैशाख । भक्तपुर थिमी नगरपालिकाका प्रमुखमाथि आक्रमण गर्ने मुख्य अभियुक्तले १७ दिनमा आठवटा सिमकार्ड बदलेको भेटिंदासमेत अभियुक्त पक्राउ गर्न प्रहरी असफल बनेको छ । नगर प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिले मोबाइल सिम परिवर्तन गरिरहँदा पक्राउमा समस्या देखिएको प्रहरीको भनाइ छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार आक्रमणमा संलग्न व्यक्तिले आठवटा सिम परिवर्तन गरिसकेका छन् । ‘आक्रमणमा संलग्न व्यक्तिले हालसम्म आठवटा सिम परिवर्तन गरिसकेको अनुसन्धानबाट खुल्न आएको छ,...

४४ सदस्यीय भारतीय कमान्डो काठमाडौंमा

नेपालगन्ज, २६ बैशाख । भारतीय वायुसेनाको चार्टर विमानमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुरक्षा दिन सुरक्षा सामग्रीसहित करिब ४ दर्जन सुरक्षाकर्मी र दुइटा बुलेट प्रुफ लेमोजिन कार मंगलबार बिहान काठमाडौं ल्याइएको छ । मोदीका यी दुइटै कार काठमाडौंमै राखिनेछ । एउटा कार यसअघि नै जनकपुर ल्याइ सकिएको छ । एकैछिन उपयोग गरेर फर्काउने गरी उक्त कार सडकमार्गबाटै ल्याइएको हो । काठमाडौं ल्याइएका कारका चालक दलका १६ सदस्य र ४४ सदस्यीय सुरक्षा कमान्डो नेपाल...