नेपाली हवाई रुटमा भारतको नियन्त्रण, नेपालको तयारी के छ ?
प्रकाशित मिति : २०७५, १७ बैशाख सोमबार ०७:४४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौँ, १७ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण (अगस्ट २०१४) का वेला राजनीतिक स्तरबाट टुंगो लागिसकेको भारतले नेपालतर्फ जहाज प्रवेश बिन्दु थपिदिने विषय अझै पनि टुंगोमा पुग्न सकेको छैन ।
Advertisement
त्यसवेला राजनीतिक स्तरमा सहमति भई प्राविधिक तहमा आइसकेको यो विषय साढे चार वर्ष नाघिसक्दा पनि टुंगिएको छैन । नेपालमा निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखराका लागि थप जहाज प्रवेश मार्ग आवश्यक पर्छ, नयाँ पत्रिकामा खबर छ ।
पछिल्लो समय सन् २०१६ मा नेपाल र भारतका अधिकारीबीच द्विपक्षीय छलफलबाट थप प्रवेश बिन्दुको विषयलाई अध्ययनबाट टुंग्याउने सहमति गरिएको थियो ।
अहिले नेपालमा भारतीय आकाश प्रयोग गरेर आउने सबै जहाजका लागि एउटा मात्र प्रवेश मार्ग (सिमरा) उपलब्ध छ । नेपालबाट बाहिरिने बिन्दु भने ५ वटा छन् । चीन र भुटानबाट आउने–जाने जहाजका लागि भने उत्तर र पूर्वी नेपालमा छुट्टै रुट उपलब्ध छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार भारतले मागेको समयमा नेपालको तयारी नपुग्ने र नेपालले मागेको समयमा भारतले समय दिन नमान्दा दुई वर्षयता नेपाल–भारत प्राविधिक टोलीको वार्ता हुन सकेको छैन ।
जहाज प्रवेश बिन्दुको विषयमा राजनीतिक तथा प्रशासनिकस्तरबाट सहमति भए पनि प्राविधिक अध्ययनको प्रतिवेदनविना लागु हुन सक्दैन ।
द्विदेशीय हवाईमार्ग र प्रवेश बिन्दुको विषय सर्च एन्ड रेस्क्यूसँग पनि जोडिएका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस सम्बन्धमा पनि काम गरिरहेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
सर्च र रेस्क्यूमा द्विदेशीय सम्झौता गर्दा त्यसमा थप प्रवेश बिन्दुलाई पनि समावेश गर्न सकिनेबारे काम भइरहेको मन्त्रालयको भनाइ छ ।