नेपालगन्जमा पनि चिकित्सकहरुको बिरोध, प्रशाशनमा ज्ञापनपत्र बुझाईयो "आकस्मिक बाहेकका सबै सेवा ठप्प "
"आकस्मिक बाहेकका सबै सेवा ठप्प "
प्रकाशित मिति : २०७५, १७ भाद्र आईतवार १४:२२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, १७ भदौ । नेपाल चिकित्सक संघले आज( आईतबार) देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ । नेपाल चिकित्सक संघ बाँके भेरी शाखाले पनि केन्द्रिय कार्यक्रम अनुसार जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा सांकेतिक विरोध स्वरुप आज आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको जनाएको छ । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । चिकित्सक संघ बाँके भेरी शाखाका अध्यक्ष डा.विनोद कर्णले सरकारले आफ्ना कुरा नसुनेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो । भदौ १५ गतेसम्म संशोधनका लागि समय दिइएपनि सरकारले बेवास्ता गरेको उहाँको भनाई छ ।
Advertisement
भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था संशोधनको माग चिकित्सकहरुले राख्दै आएका छन् । पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको मुलुकी अपराध संहितामा डाक्टरको लापरवाहीको कारण बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । नेपाल चिकित्सक संघ बाँके भेरी शाखाका सदस्य एवम् फिजिसियन डा. सुभाष योगीले सरकारले डाक्टरलाई ज्यानमारा र अपराधीको जस्तो व्यवहार गर्न खोजेको बताउँदै यस्तो अवस्थामा काम गर्न नसकिने बताउनुभयो ।
विरोधका अन्य कार्यक्रमहरुमा भोलि सोमबार विहान १० बजे जिल्ला प्रशासन कार्यालयमा एप्रोनसहित उपस्थित भएर विरोध कार्यक्रम गर्ने, भोलि प्रशासनिक कामहरु बन्द गर्ने, १९ गते मंगलबारदेखि आकस्मिक सेवा बाहेकका विरामी भर्ना गर्ने कार्य बन्द गर्ने, २० गतेदेखि आकस्मिक बाहेकका अन्य अप्रेशनहरु बन्द गर्ने, २१ गतेदेखि आकस्मिक बाहेकका सेवाका ल्याब र रेडियोलोजी सेवा बन्द गर्ने र २२ गते शुक्रबारदेखि आकस्मिक बाहेका सबै सेवा आफ्ना माग पूरा नहूँदासम्म बन्द गर्ने कार्यक्रम रहेको चिकित्सक संघ बाँके भेरी शाखाका सचिब डा.पियुष कनोडियाले बताउनुभयो । यसैबीच सबै चिकित्सकहरु आज जिल्ला प्रशासन कार्यालय बाँके पुगेर प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञापनपत्र पनि बुझाएका छन् ।चिकित्सकहरु नै आन्दोलनमा उत्रिएपछि विरामीहरु मर्कामा परेका छन् ।