स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु
तुलसीपुर,२२ असोज। राप्ती अञ्चल अस्पताल तुलसीपुरमा एक विशेषज्ञसहित थप चार चिकित्सक उपचारमा खटिएका छन् । यसअघि अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा अस्पतालको सेवा प्रभावित हुने गरेको थियो । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रुपमा कार्यरत शल्यक्रिया विशेषज्ञ डा जनार्दन पन्थी सरुवा भएर राप्ती अञ्चल अस्पताल आउनु भएको हो । यस्तै स्वास्थ्य सेवा विभागले थप दुई चिकित्सकलाई अञ्चल अस्पतालमा पठाएको छ भने तुलसीपुर उपमहानगरपालिकाले समेत एक चिकित्सकको व्यवस्था गरेको छ...
कञ्चनपुर, २२ असोज । खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा परेको छ । भारतमा औलोको संक्रमण भएर आउने बिरामीको सङ्ख्या प्रतिवर्ष बढ्दो रूपमा रहेको छ । तीन महीनाको अवधिमा कञ्चनपुरमा लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामीको सङ्ख्या २२ पुगेको छ । साउन, भदौ र असोजको हालसम्म औलोका ती बिरामी फेला परेका हुन् । औलोका बिरामी अधिकांश भारतमा काम गरेर फर्केका रहेका छन् । जसमा चार भारतीयसमेत रहेका छन् । आव...
नेपालगन्ज,९ असोज।बिश्व फार्मासिस्ट्स दिवश नेपालगन्जमा भब्यताका साथ मंगलबार सम्पन्न भएको छ। फार्मेसी संघ बाँकेद्वारा आयोजित कार्यक्रममा बिशाल रयालीको आयोजना गरिएको हो।चार सय बढ़ी फार्मासिस्टहरु सहभागी फर्मा वाक र्याली बीपी चोक हुदै पासंगलाम्हु रोड, भेरी अस्पताल, चार बाहिनी ,गणेशमान चोक हुँदै औषधी ब्यबस्था बिभाग बाँके गएर कोण सभामा परिणत भएको थियो।कार्यक्रममा फार्मेसी संघ बाँकेका अध्यक्ष सुरेन्द्र डफगरको अध्यक्षतामा शुरू भएको कार्यक्रममा औषधी ब्यबस्था बिभाग नेपालगन्जकि प्रमुख निनु श्रेष्ठ ,पानस फर्मासीयूटिकलका शरण यादबले फार्मेसीलाई अझ...
घोराही, ८ असोज । दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने भएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालका सम्पत्ति र दायित्व सबै हस्तान्तरण गर्न निर्देशन दिएपछि यही असोज १२ गते उपक्षेत्रीय अस्पताल हस्तान्तरण गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय दाङमा बसेको सर्वपक्षीय बैठकले अस्पताललाई प्रतिष्ठानमा हस्तान्तरण गर्ने सहमति गरेको हो । नागरिक समाज दाङ, नेपाल पत्रकार महासङ्घ, जिल्लाका विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, राप्ती स्वास्थ्य विज्ञान...
अछाम, २(होम साउँद) असोज। कमलबजार नगरपालिका–३ बयालाकी ३० वर्षीया जमुना बिष्टले तीन सन्तानलाई घरमै जन्म दिनुभयो । उहाँको एक छोरी भारतमा जन्मिइन् भने पाँचौ सन्तानलाई उहाँले मङ्गलसेनस्थित जिल्ला अस्पताल पुगेर जन्माउनुप¥यो । गाउँको स्वास्थ्य संस्थामा प्रसूति केन्द्र नहुँदा उहाँजस्तै बयालाका अधिकांश महिलालाई बच्चा जन्माउन कि त तीन÷चार घण्टा हिँडेर छिमेकी गाउँको स्वास्थ्यचौकी जानुपर्छ नभए रु पाँचदेखि सात हजारमा जीप भाडामा लिएर मङ्गलसेन पुग्नुपर्ने बाध्यता छ । यहाँका महिला प्रसूति हुन स्वास्थ्य...
भदौ।के तपाईँलाई शरीर चिलाउँछ, योनी पोल्ने र पिसाब फेर्दा दुख्ने समस्या छ । यदि छ भने तपाईंलाई पिसाब सङ्क्रमण भएको हुन सक्छ । यस्तो समस्या भएमा हेलचक्ताइँ नगरी चिकित्सक कहाँ उपचारका लागि जानु आवश्यक छ । पिसाब सङ्क्रमण मिर्गौलाबाट पिसाबको थैली हुँदै पिसाबको नलीबाट बाहिर निस्कदै जुनसुकै ठाउँमा किटाणुले हुने सङ्क्रमण हो । शिक्षण अस्पताल महाराजगञ्जका युरोलोजिष्ट प्रा डा उत्तम शर्मा यौन अङ्गको सरसफाइ वा शरीरको कुनै भागमा भएको सङ्क्रमण...
नेपालगन्ज,काशीराम शर्मा,२८ भदौ।बाँके जील्लामा टिटानस सुई अभाव भएको छ । चोटपटक लागेका बिरामीका लागि आवश्यक पर्ने सुई अभावका कारण उपचारका लागि अपस्ताल आउने बिरामी यस सेवाबाट वञ्चित भएका छन् । टिटानसको सुई अभाव भए पछि भेरी अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज लगायतका अस्पतालमा बिरामीको उपचारमा कठिनाइ भएको छ । भारतीय कम्पनीले उत्पादन गरी वीरगञ्जमा रहेको ‘सुपर’ स्टोरमा आउने र त्यहाँबाट थोक बिक्रेता हुँदै रिटेलर खुद्रा मेडिकलमा पुग्ने...
नेपालगञ्ज, २० भदौं । नेपालगञ्जबाट नियमित प्रकाशन भईरहेको लोकप्रिय सन्देश राष्ट्रिय दैनिकले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । बुधबारको रक्तदान कार्यक्रममा लोकप्रिय सन्देशका प्रकाश तथा प्रधान सम्पादक गोविन्द शर्मा, प्रबन्ध निर्देशक आकाश देवकोटा, उप सम्पादक बिनोद भट्टराई, संवाददाता दिनेश ठाकुर, नेपाल पत्रकार महासंघका पुर्ब सचिव राकेश मिश्रा, निजामती कर्मचारी संगठनका पुर्ब केन्द्रीय प्रतिनिधी केशब पौडेल, विद्यार्थी नेता गोकर्ण न्यौपाने, पत्रकार पवन जायसवाल, युवा व्यवसायी निर्मल...
नेपालगञ्ज, १९ भदौ । बाँकेको ओभरीमा आजदेखि सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ ओभरीमा नवनिर्मित सर्पदंश उपचार केन्द्रको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले उद्घाटन गर्नुभयो । गाउँपालिकाको २० लाख ५० हजार आर्थिक सहयोग र नेपाली सेनाको ९ लाख ६२ हजार बराबरको श्रमदानबाट सर्पदंश उपचार केन्द्र निर्माण भएको हो । उपचार व्यवस्थापनका लागि स्थानीय वासिन्दाले २० लाखको अक्षयकोष पनि स्थापना गरेका छन् । बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ...
काठमाडौं,१८ भदौ। सरकारले आन्दोलनरत डाक्टरहरुको माग संशोधन गर्न सहमत भएको छ । मुलुकी अपराध संहितामा रहेको व्यवस्थाको विरोधमा आन्दोलनमा उत्रिएका डाक्टरहरुको माग अनुसार ऐन संशोधन गर्न स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले सहमति जनाउनु भएको हो । आन्दोलनरत चिकित्सक संघले वार्ता सकारात्मक भएको तर संशोधन प्रस्ताव संसदमा दर्ता भएपछिमात्र आन्दोलन फिर्ता लिने बताएको छ। ‘राज्यमन्त्रीले कानुन मन्त्रालयमार्फत् संशोधन विधेयक सदनमा दर्ता गर्छौं आन्दोलन फिर्ता लिनुस् भन्नुभयो,’ बैठकमा सहभागी संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले भन्नुभयो,...