स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु

भिक्स भेपोरबका यी फाइदाका बारेमा जानिराख्नुस् !

नेपालगन्ज । हुन त भिक्स भेपोरब रुघाखोकी लागेको बेलामा प्रयोग हुन्छ तर यसका अन्य प्रयोग पनि छन् । यसले धेरै समस्याबाट छुटकारा दिन्छ । यहाँ हामी यसका फाइदाका बारेमा बताउनेछौं । स्ट्रेच मार्क्स गर्भवती भएपछि महिलाहरूको छालामा स्टे«च मार्क्स आउँछ र यसलाई हटाउनका लागि उनीहरू कैयौं तरिका अपनाउँछन् । तपाईंमा पनि यो समस्या छ भने भिक्स भेपोरब प्रयोग गर्नुस् । माइग्रेन माइग्रेनबाट पीडित मानिसहरूलाई भिक्स भेपोरबले धेरै फाइदा दिन्छ । टाउकोमा यो मजाले दल्नुस्...

स्वास्थ्यका लागि दूध राम्रो कि दही ?

नेपालगन्ज । दूध र दही सजिलै जहाँ पनि पाइने खानेकुरा हुन् । यी दुवैको सेवन स्वास्थ्यका लागि राम्रो हुन्छ । तर दूधभन्दा दही खानु स्वास्थ्यका लागि लाभदायक छ । दूधलाई अमिलो बनाएर दही जमाइने हो । यसमा भएका ब्याक्टेरियाका कारण यसलाई छिट्टो पचाउन सजिलो हुन्छ । यसमा दूधभन्दा बढी प्रोटीन, ल्याक्टोज, क्याल्सियम र अन्य धेरै भिटामिनहरू पाइन्छन् । दहीमा भिटामिन ए र बी–१२ हुन्छ अनि क्याल्सियम पनि धेरै हुन्छ । हाड र...

सुत्केरी व्यथाका चरण र हेरचाह

डा. सुमनराज ताम्राकार पहिलो चरण पक्का खालको सुत्केरी व्यथा लागेदेखि पाठेघरको मुख पूरै खुल्नेसम्मको अवधिलाई पहिलो चरण मानिन्छ। पहिलोपटक सुत्केरी हुने महिलामा पहिलो चरण औसतमा १२ घन्टासम्म हुन सक्छ। अन्यलाई यसको आधा समय भए पुग्छ। पहिलो चरणमा नरम हलुका तागतयुक्त झोलिलो खानेकुरा खानुपर्छ। समय समयमा पिसाब गर्नुपर्छ। यसो गरेमा प्रसव व्यथा राम्रोसँग बढ्दै जान्छ। पाठेघरको मुख खुल्न सघाउने र ध्यान पनि अन्तै जाने हुनाले सामान्य हिँडडुल गर्न सकिन्छ। पेट दुखेका बेला रुने,...

एचआइभी सङ्क्रमित बढ्दै

पाल्पा: पाल्पामा एचआइभी सङ्क्रमितको सङ्ख्या दुई सय ९५ छन् । तीमध्ये एक सय ५७ पुरुष र एक सय ३८ महिला रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीकाअनुसार, सङ्क्रमितमध्ये १८ वर्ष मुनिका ३८ जना छन् । सङ्क्रमितमध्ये ९१ पुरुष र ८० महिला गरी कुल एक सय ७१ जनाले निःशुल्क औषधि सेवन गरिरहेका छन् । औषधि सेवन गर्नेमा १८ वर्षमुनिका २७ बालबालिका छन्...

बाँकेमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने

नेपालगन्ज:जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले आज बाँकेका शिक्षकहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरि राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम २०७३ बारे जानकारी दिएको हो । जिल्लामा २ वर्ष माथिका व्यक्तिलाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाईने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य प्रमुख खिम बहादुर खड्काले जानकारी गराउनुभयो । उक्त औषधी खुवाउनकालागि जिल्लाभरीका स्वास्थ्यकर्मी, स्वायमसेवक परिचालन गरिएको उहाँले बताउनुभयो । २०६७ सालदेखि बाँकेमा निरन्तर खुवाउन थालेको औषधी अहिले निरन्तर खुवाईरहेको र कम हुदै गएको...

विवाहपछि किन मोटाउछन् मानिस ?

नेपालगन्ज । दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको सुनिन्छ । विवाहपछि किन मोटाउछन् त पातला मानिस यसबारे अनुसन्धान भइरहेको छ । फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ । यस्तै एक अन्य अनुसन्धानका अनुसार विवाहको ५ वर्ष्भित्र करिब ८२ प्रतिशत...

निःशुल्क स्वास्थ्य शिविरमा साढे १३ सयको परीक्षण

पर्वत, २२ फागुन । पर्वतको एक विकट गाउँमा पाँच दिनसम्म सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा एक हजार तीन सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । आर्थिक अभावका कारण लामो समयदेखि विभिन्न रोग लुकाएर बसेका नागरिकलाई लक्षित गरी दक्षिण पर्वतको लुङ्खुदेउराली गाविसमा आयोजित निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको हो । शिविरमा दाँत तथा हाइड्रोसिल र हर्नियाका बिरामीको शल्यक्रिया तथा उपचार गरिएको छ । एक हजार दुईसय ८६ दाँतका रोगीको परीक्षण तथा...

नेपाल नेत्र ज्योती संघ बाँके शाखाको २३ औ जिल्ला सभा सम्पन्न

नेपालगंज, २१ फागुन ।फुल्टेक्रा स्थित फत्तेवाल आंखा अस्पतालमा २३ औ जिल्ला सभामा कार्य समिति सदस्य तथा कर्मचारीलाई सम्मान गरिएको थियो । स्वर्गीय कप्तान फत्तेजंग शाह तथा वहांकी धर्मपत्नी स्वर्गीय बालदिव्येश्वरी शाहको सहयोगमा वि.स २०४३ सालमा आंखा अस्पतालको स्थापना भएको हो ।नेपाल नेत्र ज्योती संघका आजिवन सदस्य तथा कार्यक्रमका सभापति रतन कुमार टण्डनले नेपाल पत्रकार महासंघका नव र्निवाचित अध्यक्ष ठाकुर सिंह थारु संग नया सम्झौता समेत गर्नु भएको छ ।...

पन्ध्र जिल्लामा पोलियो खुवाइँदै

काठमाडौँ, २१ फागुन । स्वास्थ्यकर्मीको अवरोधका कारण यसअघि खुवाउन नसकिएका १५ जिल्लामा आज(शनिबार) र भोलि(आइतबार) पोलियो थोपा खुवाइँदै छ । तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरी तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम छ । पोलियो खुवाइने जिल्लामा केही स्वास्थ्यकर्मीले अवरोध गरेमा सुरक्षा व्यवस्था गरी मिलाई सेवा सञ्चालन गराउन स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । स्वास्थ्य संस्थाको तालाबन्दी...

शरीरले यी संकेत देखायो भने तनाव भएको बुझ्नुस्

नेपालगन्ज,१९ फागुन । तनाव हिजोआजको सामान्य समस्या हो । तर समयमै तनावमाथि नियन्त्रण जमाउन सकिएन भने यसको खराब परिणाम समेत निस्कन्छ । तनाव भयो भने कुनै काम गर्न मन लाग्दैन । भोक पनि भाग्छ अनि राति निद्रा पनि लाग्दैन । तनाव र चिन्ताका काला बादलहरू चारैतिर मडारिएका हुन्छन् । तपाईं तनावमा हुँदा शरीरले पनि संकेत दिन थाल्छ । के हुन् त यी संकेत ? १. झर्कोफर्को गर्नु तनाव भएपछि झर्कोफर्काे गर्नु र चिन्तित...