नेपाल नेत्र ज्योती संघ बाँके शाखाको २३ औ जिल्ला सभा सम्पन्न
प्रकाशित मिति : २०७३, २१ फाल्गुन शनिबार १७:२४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगंज, २१ फागुन ।फुल्टेक्रा स्थित फत्तेवाल आंखा अस्पतालमा २३ औ जिल्ला सभामा कार्य समिति सदस्य तथा कर्मचारीलाई सम्मान गरिएको थियो । स्वर्गीय कप्तान फत्तेजंग शाह तथा वहांकी धर्मपत्नी स्वर्गीय बालदिव्येश्वरी शाहको सहयोगमा वि.स २०४३ सालमा आंखा अस्पतालको स्थापना भएको हो ।नेपाल नेत्र ज्योती संघका आजिवन सदस्य तथा कार्यक्रमका सभापति रतन कुमार टण्डनले नेपाल पत्रकार महासंघका नव र्निवाचित अध्यक्ष ठाकुर सिंह थारु संग नया सम्झौता समेत गर्नु भएको छ । फत्तेवाल अस्पतालले वार्षिक रुपमा पत्रकार महासंघलाई रु बीस हजार उपलब्ध गराउने र वार्षिक रुपमाल प्रिन्ट मिडीया,रेडीयो तथा टेलिभिजनका प्रत्येक एक उत्कृष्ट पत्रकारलाई जनही रु पचपन्न सयले पत्रकारीता पुरस्कारबाट सम्मान गरिने सम्झौतामा लेखिएको छ । अस्पतालले विगत ३० वर्ष देखि निरन्तर स्तरोन्नति गर्दै गुणस्तरिय र प्रभावकारी आंखा उपचार सेवा प्रदान गर्दै आएको छ । प्रमुख जिल्ल अधिकारी रविलाल पन्थको प्रमुख अतिथ्यमा भएको जिल्ला सभामा जिल्ला विकास समितिका सुचना अधिकारी,उच्च अदालत बार अशोसिएसनका कृष्ण जैसी,पत्रकार महासंघका जिल्ला अध्यक्ष ठाकुर सिंह थारु,पत्रकार महासंघका पुर्व अध्यक्ष निरज गौतम,नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वश्यै,लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्दघाटन पानसमा बत्ति बाली गरिएको थियो ।
Advertisement