स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु
रोल्पा। आफू, आफ्नो परिवार र देश स्वस्थ राख्नका लागि रोल्पाका प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराई, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि एवम् सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी तथा पत्रकारले बिहीबारदेखि चुरोट, बिँडी, जाँड रक्सी तथा सुर्तीजन्य कुनै पनि किसिमका मादकपदार्थ सेवन नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा रोल्पाको लिबाङमा ‘मेरो वर्ष २०७४, म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान शुभारम्भ कार्यक्रमका सहभागीले दायाँ हात छातीमा...
भीमदत्तनगर। नेपाली सेनाको भवानी बक्स गणले आफ्नो १३३ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा शनिबार कञ्चनपुरको दोधाराचादँनीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विभिन्न विशेषज्ञ चिकित्सकसहितको टोली त्यहाँ पुग्दा स्थानीय ४६५ जनाले सेवा लिएका थिए । राष्ट्रिय प्रकृति संरक्षण कोष र रोटरी क्लब कञ्चनपुरको समेत सहयोगमा सञ्चालन भएको शिविरमा यहाँका बालबालिका, वृद्धवृद्धा र महिला गरी उक्त सङ्ख्यामा स्वास्थ्य सेवा लिएका हुन् । रोटरी क्लब कञ्चनपुरका अध्यक्ष परमानन्द भण्डारीले दोधाराचादँनीको विकट कुतियाकवर क्षेत्रमा...
सुर्खेत । यहाँ आठ महिनामा तीनसय २८ जना मानसिक रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । पछिल्लो समय चेतनाको अभावका कारण मानसिक रोगले भयानक रुप लिँदै गएका चिकित्सकले बताएका छन् । अहिलेसम्मको तथ्याङ्कअनुसार प्रदेश नं ५, ६ र ७ मा मानसिक रोग बढी देखापर्ने गरेको जनस्वास्थ्य प्रमुख शम्भुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीका अनुसार सुर्खेतमा चालु आवको आठ महिनामा तीनसय २८ जना मानसिक रोगका बिरामी उपचाररत...
म्याग्दी । म्याग्दी जिल्लाका स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतनलाई सहज बनाउन सुविधा थपिएपछि सेवा लिनेको सङ्ख्या बढेको छ । विगतमा गर्भपतनका बारेमा समाजमा हल्ला फैलने त्रासका कारण अविवाहित र विवाहित महिलाले निजी क्लिनिकबाट औषधि खरिद गरी जोखिमपूर्ण तरिकाले प्रयोग गर्ने गरेका घटना सार्वजनिक हुने गरेका थिए । पछिल्लो एक वर्षयता जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, दरवाङ र १२ वटा स्वास्थ्य चौकीमा रहेका सुरक्षित गर्भपतन केन्द्रमा पु्गेर सेवाग्राहीले सेवा लिन थालेपछि असुरक्षित गर्भपतन...
कल्पना पौडेल,काठमान्डौ । सरकारले विपन्न, पिछडिएका र दुर्गम क्षेत्रका जनतालाई लक्ष्य गरी विभिन्न रोगको निःशुल्क उपचार र १२ प्रकारका कडा रोगको उपचारमा आर्थिक सहयोग दिँदैआएको छ । बर्सेनि अर्बौं रुपैयाँ यस्ता रोगको उपचारमा खर्च हुने भए पनि लक्ष्यित जनताले निर्दिष्ट सुविधा पाउन सकेका छैनन् भन्ने गुनासो पनि सुनिँदै आइएको छ । मधुमेह, उच्च रक्तचापले समस्या हुन थालेपछि थानकोटका भीमबहादुर परियारको दैनिकी अस्पताल धाएर बित्छ । एक्लै हिँड्ने आँट विस्तारै हराउन थालेपछि उहाँले...
पाल्पा । गरिब तथा विपन्न वर्गका परिवारका सदस्यको स्वास्थ्य बीमाका लागि आर्थिक सहयोग प्राप्त भएको छ । लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पाले साविकको वीरकोट गाउँ विकास समिति वडा नं ४ र ५ का गरिब तथा विपन्न परिवारका सदस्यलाई रु एक लाख २५ हजार रकम सहयोग गरेको छ । मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले वीरकोट स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नुनबहादुर थापालाई सो रकम हस्तान्तरण गर्नुभयो । कार्यकारी अध्यक्ष थापाले रकम...
बैतडी । चालु आवकोे साउनदेखि हालसम्म बैतडीमा एकसय ५५ क्षयरोगीका बिरामी भेट्टिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ सुपरभाइजर देव जोशीका अनुसार एकसय १४ पुरुष र ४१ महिला क्षयरोगी भेट्टिएका हुन् जसमा एकसय नौ फोक्सोको क्षयरोगी (सर्ने क्षयरोगी) र ४६ फोक्सो बाहिरको (नसर्ने क्षयरोगी) रहेका छन् । गत वर्ष बैतडीमा दुईसय सात क्षयरोगी फेला परेका थिए जसमध्ये महिला ५५ र पुरुष एकसय ५२ रहेका थिए । ती मध्ये ६० प्रतिशत...
चितवन। चार दिनमा भरतपुरस्थित जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका दुई कैदीको क्यान्सर रोगबाट मृत्यु भएको छ ।यही चैत ९ गते एकजना क्यान्सर रोगी कैदीको मृत्यु भएकामा शनिबार अर्का एक जनाको क्यान्सरकै कारण ज्यान गएको जिल्ला कारागार चितवनले जनाएको छ । यसरी मृत्यु हुनेमा सन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेल रहेको जेलर कमल काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार गिरी फोक्सोको क्यान्सरबाट पीडित थिए । उपचार कै क्रममा...
नेपालगंज:विश्व क्षयरोग दिवस बाँकेमा शुक्रबार विविध कार्यक्रम गरी मनाईएको छ । स्थानीय त्रिभुवनचौकबाट शुक्रबार विहान निस्किएको ¥याली बजार परिक्रममा न्युरोडस्थित सेतुविक चौकमा कोणसभामा परिणत भएको थियो । उक्त कोण सभामा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख खिमबहादुर खडकाले क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग भएको बताएका छन् । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुने उनले बताएका...
शिवु खनाल/दाङ : स्कुले विद्यार्थीहरु लागु औषध दुब्र्येसनको शिकार भएको पाइएको छ । वडा प्रहरी कार्यालय दाङ लमहीले दुई महिनाको अवधीमा लमही क्षेत्रवाट मात्रै ५० जना स्कुले विद्यार्थीहरुलाई गाँजा सेवन गरीरहेको अवस्थामा पक्राउ गरेको तथ्यांक सार्वजनिक गरेपछी स्कुले विद्यार्थीहरु लागु औषध दुब्र्येसनको शिकार भएको पाइएको हो । निजि विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत किशोरहरु दुब्र्येसनमा फसेको र पहीलो पटक सम्झाई वुझाई गरी आफन्तको जिम्मा लगाइएको वडा प्रहरी कार्यालय...