शरीरले यी संकेत देखायो भने तनाव भएको बुझ्नुस्
प्रकाशित मिति : २०७३, १९ फाल्गुन बिहीबार १९:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,१९ फागुन । तनाव हिजोआजको सामान्य समस्या हो । तर समयमै तनावमाथि नियन्त्रण जमाउन सकिएन भने यसको खराब परिणाम समेत निस्कन्छ ।
तनाव भयो भने कुनै काम गर्न मन लाग्दैन । भोक पनि भाग्छ अनि राति निद्रा पनि लाग्दैन । तनाव र चिन्ताका काला बादलहरू चारैतिर मडारिएका हुन्छन् । तपाईं तनावमा हुँदा शरीरले पनि संकेत दिन थाल्छ ।
Advertisement
के हुन् त यी संकेत ?
१. झर्कोफर्को गर्नु
तनाव भएपछि झर्कोफर्काे गर्नु र चिन्तित हुनु सामान्य कुरा हो । यतिखेर तपाईंलाई सानासाना कुराले पनि दिक्क लगाउँछ ।
२. नचाहिने कुरा सोचिबस्ने
चहिनेभन्दा बढी सोच्न थाल्दा पनि तनाव हुन्छ । यसो हुँदा तपाईं कुनै कुरामा पनि ध्यान केन्द्रित गर्न सक्नुहुन्न । अनि यसैले तपाईंको आत्मविश्वास पनि कम हुँदै जान्छ ।
३. शरीरमा समस्या
कुम अलि अररो हुन थाल्नु पनि तनावको लक्षण हो । त्यस्तै छाती पोल्ने र पेट दुख्ने अनि हरेक दश मिनेटमा शौचालय जाने पनि तनावकै लक्षण हो ।
४. निद्रा नलाग्ने
सुत्न खोजेको बेलामा मानिसहरू नचाहिने काम गरेर पनि तनाव बढाउँछन् । राति मोबाइलमा च्याट गर्ने अनि कम्प्युटरमा काम गर्ने गर्दा निद्रा बिग्रिन्छ अनि तनाव बढ्छ । राम्ररी नसुत्दा शरीरमा असर पर्छ । निद्राको क्षतिपूर्तिका लागि धेर खान थालिन्छ अनि त्यसैले गर्दा तौल बढ्छ । शरीरलाई सन्तुलनमा राख्ने हर्मोनमा असर परेर तौल बढ्छ ।