विशेषज्ञ सेवासँगै दृष्टि प्रदा जाँच सेवा सुरु
प्रकाशित मिति : २०७३, ३ फाल्गुन मंगलवार १७:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दाङ, ३ फागुन । रक्षाचौरस्थित राप्ती आँखा अस्पतालले विशेषज्ञ सेवासँगै दृष्टि प्रदा जाँच सेवा सुरु गरेको छ । अस्पतालले दृष्टि प्रदा जाँच मेसिन खरिद गरी आजदेखि सेवा सुरु गरेको अस्पतालका नेत्र विशेषज्ञ ओमप्रकाश यादवले जानकारी दिनुभयो ।
Advertisement
रु ९० लाखको लागतमा तीनवटा उपकरण खरिद गरी सो अस्पताल र अन्तर्गतका लमही आँखा अस्पताल, बहादुरगन्ज आँखा अस्पतालमा उक्त सेवा सुरु गरेको अस्पतालले जनाएको छ ।
यो यो उपकरणले आँखामा जलबिन्दु भए नभएको र आँखाको दृष्टि कस्तो छ सहजै थाहा हुने नेत्र विशेषज्ञ यादवले बताउनुभयो । यसअघि अस्पतालमा सो सेवा नहुँदा आँखाका बिरामीलाई अस्पतालले अन्यत्र पठाउँदै आएको थियो ।