शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको सेवा भेरी अस्पतालमा विस्तार गरिने
प्रकाशित मिति : २०७३, १ फाल्गुन आईतवार ११:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,१ फागुन। शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको सेवा भेरी अञ्चल अस्पतालमा विस्तार गरिने भएको छ ।आइतबार विहान बसेको बोर्ड बैठकले सेवा विस्तारको निर्णय गरेको स्वास्थ्यमन्त्री गगन थापाले जानकारी दिए ।
Advertisement
बोर्ड बैठकले भेरी अञ्चल अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी दिइएको छ । मन्त्री थापाले भने, १५/२० दिनभित्र सेवा विस्तार हुन्छ ।’
भेरीपछि गंगालालको सेवा जनकपुर अञ्चल अस्पतालमा विस्तार गर्ने योजना छ । यसबारे अध्ययन थाल्ने निर्णय पनि आइतबारको बोर्ड बैठकले गरेको छ ।
उपचारका लागि काठमाडौं आउँदा धेरै खर्च लाग्ने भन्दै अघिल्लो बोर्ड बैठकले उपत्यका बाहिरका अस्पतालसँग सहकार्य गरेर सेवा विस्तार गर्ने निर्णय गरेको थियो ।