आँखा उपचारको अत्याधुनिक सेवा सुरु
प्रकाशित मिति : २०७३, २८ पुष बिहीबार १४:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दाङ, २८ पुस । यहाँको आँखा अस्पतालले अत्याधुनिक मेसिन खरिद गरेको जनाएको छ । राप्ती आँखा अस्पताल दाङले विभिन्न चार किसिमका आँखा उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक मेसिनहरु जडान गरी सेवा सञ्चालन गरेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभएको छ ।
Advertisement
अस्पतालले अत्याधुनिक प्रविधि फेकोबाट शल्यक्रियासँगै आँखाको अल्ट्रासाउन्ड मेसिन, आँखाको दृष्टि नशाको जाँचका, आँखाको प्रेसर जाँच गर्नेका लागि ननकन्टेक टोनोमिटर मेसिन खरिद गरी सेवा सञ्चालन गरेको जनाएको छ । रु दुई करोड ५७ लाख लागतमा ती मेसिन औजार खरिद गरेको अस्पतालले जनाएको छ ।
दाङका राप्ती, लमही र बहादुरगन्ज अस्पतालमा एकै साथ आजदेखि सो सेवा गरेको वरिष्ठ नेत्रसहायक शालिकराम गौतमले बताउनुभयो । यही मेसिन औजार पहिले नहँुदा बिरामी रिफर गर्नुपर्ने बाध्यता अब अन्त्य भएको उहाँले बताउनुभयो । “अब आँखाको सबै सेवा यहीँबाट सेवाग्राहीले पाउनेछन् पहिले रिफर गर्नुपर्ने समस्या थियो”, उहाँले भन्नुभयो ।