डा.केसीले आफूसँग भएृको सहमति कार्यान्वयन गर्न सरकारलाई तीन हप्ते अल्टिमेटम
प्रकाशित मिति : २०७३, २३ पुष शनिबार १९:१६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
२३ पुस, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले आफूसँग भएृको सहमति कार्यान्वयन गर्न सरकारलाई तीन हप्ते अल्टिमेटम दिएका छन् ।त्रिवि कार्यकारी परिषद्ले आफूसँग भएको सहमति विपरित विद्यार्थी भर्ना र शुल्कसम्वन्धी अधिकार आईओएम फ्याकल्टी बोर्डबाट खोसेकोमा उनले आपत्ति समेत जनाएका छन् ।
Advertisement
डा. केसीले शनिबार विज्ञप्ति जारी गर्दै सिनेटको निर्णय उल्टाउने त्रिवि पदाधिकारीलाई कारबाही गर्न र मंसिर १९ मा भएको सम्झौताम कार्यान्वयन गर्न माग गरेका छन् । साथै काडमाडौं विश्वविद्यालयको उपकुलपतिमा रामकण्ठ माकाजुलाई नल्याउन र वरिष्ठता, कार्यक्षमता र स्वच्छताका आधारमा पदाधिकारी चयन गर्न पनि भनेका छन् ।
संसदमा विचाराधीन चिकित्सा शिक्षा ऐन समेत माथेमा आयोगको प्रतिवेदनको मर्म अनुकुल पारित गर्न स्मरण गराउँदै डा. केसीले भनेका छन्,तीन हप्तामा ती कामहरु भएनन् भने राजनीतिक नेतृत्वको बेइमानी, गैर–जिम्मेवारीपन, संवेदनविहीनता र आपराधिक मानसिकता विरुद्ध सत्याग्रहसहित विरोधका कार्यक्रमहरु घोषणा गर्न हामी बाध्य हुनेछौं ।’