स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु
औषधि व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाले बिनादर्ता सञ्चालन गरिएका औषधि पलसमा आज सिल गरेको छ । विभागका प्रमुख डा शम्भु साह र जिल्ला प्रशासन कार्यालय झापाका कानुन अधिकृत प्रमोद भट्टराईको टोलीले बिर्तामोडमा सञ्चालित नवदुर्गा फार्मेसीमा आज सिल गरेको हो । अनुगमनका क्रममा पसल सञ्चालनका लागि आवश्यक पर्ने कागजात देखाउन नसकेको र नेपालमा प्रतिबन्धित औषधिको खुलेआम बिक्री वितरण भइरहेको पाइएपछि औषधि जफत गर्दै पसलमा सिल गरिएको हो । त्यस्तै, महानन्द...
सुदूरपश्चिममा विगत दुई महिनादेखि सिटामोल अभाव छ । यहाँका नौवटै स्वास्थ्य संस्थामा सिटामोल लगायत निःशुल्क वितरण गर्नुपर्ने औषधि अभाव भएको हो । आपूर्ति ठेक्कामा ढिलाइ हुँदा औषधि अभाव भएकाले धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरले हरेक जिल्ला जनस्वास्थ्य कार्यालयलाई सिटामोल खरिद गर्न निर्देशन दिएको छ । रु तीन लाखसम्मको सिटामोल खरिद गर्न जिल्लालाई जानकारी गराइसकेको सुदूरपश्चिम क्षेत्रीय स्टोरका प्रमुख लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिनुभयो । “दुई महिनादेखि सिटामोल अभाव भए पनि चरम समस्या भने...
स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका कार्यकारी निर्देशक डा गुणराज लोहनीले स्वास्थ्य सेवालाई सुदृढीकरण गर्नका लागि पनि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभयो । स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमको बारेमा जानकारी दिनका लागि सोमबार बैतडी पुग्नुभएका कार्यकारी यो कार्यक्रमले सबै नागरिकलाई समान व्यवहार गरेको र पहुँच नपुगेकाको स्वास्थ्य सेवामा पहुँच पु¥याउने दाबी गर्नुभयो । स्वास्थ्य बिमा कार्यक्रममा सहभागी सरोकारवालाले स्वास्थ्य बिमा कार्यक्रम निकै राम्रो भएको र यसलाई कार्यान्वयनमा ल्याउनका लागि सबैले सहयोग गर्नुपर्नेमा...
चितवनमा फेरि डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । गएको एक महिनामै २१ जनामा डेङ्गु रोगको सङ्क्रमण भएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले दिएको जानकारी अनुसार १५० जनाको रगत परीक्षणमा २१ जनामा डेङ्गु पाइएको हो । वैशाखदेखि साउनसम्म यहाँ डेङ्गु देखिएको थिएन । अघिल्लो वर्ष भदौ महिनामा जम्मा पाँच जनामा मात्रै सङ्क्रमण भएको थियो । भदौको पहिलो सातादेखि असोजको अहिलेसम्म करिब एक महिनाको अवधिमा २१ जनामा...
प्रा.डा. लालकिशोर श्रेष्ठ नाक, कान, घाँटीरोग विशेषज्ञ, वीर अस्पताल टन्सिलको संक्रमण यदि तपाईंलाई एक–दुईपटक मात्र टन्सिलको समस्या देखिएको छ भने चिकित्सकको सल्लाह लिएर घरमै सामान्य एन्टिबायोटिक खाँदा हुन्छ । तर, खाना निल्न र श्वास फेर्न नै गाह्रो भएको छ भने अस्पतालमा बसेर इन्जेक्सनबाट औषधि लगाउनुपर्ने हुन्छ । जटिल खालको र धेरैपटक दोहोरिएको छ वा दुई वर्षदेखि पटक–पटक देखिइरहेको छ भने अप्रेसन गरेर टन्सिल निकाल्नु नै राम्रो हुन्छ । त्यसरी निकालिसकेपछि...
व्यवस्थापिका–संसद्को आइतबारको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । चिकित्सा शिक्षालाई व्यवस्थित, व्यावसायिक एवम् युग सुहाउँदो तुल्याउन उक्त विधेयक अपरिहार्य भएको बताउँदै शिक्षामन्त्री धनीराम पौडेलले त्यसलाई विचारार्थ सदनमा प्रस्तुत गरेका थिए । बैठकले श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले ‘श्रम विधेयक, २०७२’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७२’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । ...
जिल्ला अस्पतालमा प्रसूति सेवा लिन आउने बिरामीको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएपछि यसको व्यवस्थापनमा निकै समस्या हुन थालेको छ । प्रसूति सेवाका लागि आउने बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएसँगै प्रसूति कोठामा राखिएका शय्याले समेत बिरामीलाई धान्न छाडिसकेको सम्बन्धित चिकित्सक बताउँछन् । अस्पतालका अनुसार विगतका वर्षमा सामान्य प्रसूति सेवा र प्रजनन सेवाको मात्र व्यवस्थापन हुँदै आएको थियो । पछिल्लो चरणमा जिल्ला अस्पतालमा शल्यक्रिया सहितको सेवा व्यवस्थापन भएपछि अहिले जिल्लाभित्र र बाहिरबाट समेत...
पर्वतको विकट गाउँमा सञ्चालित निःशुल्क मिर्गौला रोग उपचार शिविरबाट झन्डै साढे पाँच सय नागरिकको निःशुल्क मिर्गौैला परीक्षण गरिएको छ । ‘नेपाल किड्नी फाउन्डेसन’ र अमेरिकाको ‘डाभिटा भिलेज ट्रस्ट’ले शुक्रबार जिल्लाको फलेवासमा आयोजना गरेको मिर्गौला परीक्षण शिविरबाट ५३८ जना सर्वसाधारण लाभान्वित बनेका हुन् । स्वदेशी तथा विदेशी दक्ष चिकित्सक र प्राविधिकले शिविरमा सेवा उपलब्ध गराएका थिए । मिर्गौलासम्बन्धी रोगको परीक्षण, परामर्श र समस्या भएका बिरामीलाई औषधिसमेत वितरण गरिएको फाउन्डेसनका संयोजक गणेश उप्रेतीले...
करिब सात वर्षदेखि बन्द रहेको सरकारी स्वामित्व रहेको नेपाल औषधि लिमिडेट पुनः सञ्चालनमा आउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो उद्योगलाई पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो । विसं २०२९ मा स्थापना भएको उद्योगले विसं २०६० सालसम्म १२० प्रकारका औषधि उत्पादन गर्दै आएकामा विसं ०६७ मा पूर्णरुपमा बन्द भएको थियो । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योगलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विश्व स्वास्थ्य सङ्गठनको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस ९जिएमी० अनुसार सञ्चालन गर्ने र त्यसका लागि...
स्वास्थ्यमन्त्री गगनकुमार थापालले निःशुल्क रुपमा वितरण हुने औषधिको अभाव हुन नदिन निर्देशन दिनुभएको छ । मन्त्रीको निर्देशनपछि प्राथमिक स्वास्थ्यसेवा तथा पुर्नजागरण महाशाखाले देशभरका स्वास्थ्य संस्थालाई पत्र पठाइ निःशुल्क वितरण हुने औषधि अभाव हुन नदिन र अभाव भए तत्काल खरिद गर्न निर्देशन दिएको छ । महाशाखाले देशभरका जिल्ला जनस्वास्थ्य कार्यालय र ३१ अस्पतालका नाममा पत्र जारी गर्दै निःशुल्क वितरण गर्ने औषधि खरिद गर्न गत साउनमा भएको परिपत्रको यथाशीघ्र कार्यान्वयनको प्रगति विवरण १५÷१५...