औषधिको अभाव हुन नदिन निर्देशन:स्वास्थ्यमन्त्री
प्रकाशित मिति : २०७३, ३१ भाद्र शुक्रबार १९:३०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
स्वास्थ्यमन्त्री गगनकुमार थापालले निःशुल्क रुपमा वितरण हुने औषधिको अभाव हुन नदिन निर्देशन दिनुभएको छ ।
Advertisement
मन्त्रीको निर्देशनपछि प्राथमिक स्वास्थ्यसेवा तथा पुर्नजागरण महाशाखाले देशभरका स्वास्थ्य संस्थालाई पत्र पठाइ निःशुल्क वितरण हुने औषधि अभाव हुन नदिन र अभाव भए तत्काल खरिद गर्न निर्देशन दिएको छ ।
महाशाखाले देशभरका जिल्ला जनस्वास्थ्य कार्यालय र ३१ अस्पतालका नाममा पत्र जारी गर्दै निःशुल्क वितरण गर्ने औषधि खरिद गर्न गत साउनमा भएको परिपत्रको यथाशीघ्र कार्यान्वयनको प्रगति विवरण १५÷१५ दिनमा पठाउन भनेको छ ।
स्वास्थ्य चौकीमा औषधि अभाव भए सम्बन्धित कार्यालयका साथै शाखा, लेखा र स्टोरका प्रमुख जवाफदेही हुनुपर्नेछ भन्दै स्वास्थ्य संस्थामा राख्नुपर्ने न्यूनतम मौज्दातलाई पनि कायम राख्न महाशाखाले मातहतका स्वास्थ्य निकायको ध्यानाकर्षण गराएको छ ।
आव २०७३÷०७४ को औषधि खरिद दरको बजेटबाट छिटोछिटो प्रक्रिया अवलम्बन गरी औषधि खरिद प्रक्रिया अगाडि बढाइ निःशुल्क औषधि अभाव हुन नदिने महाशाखाका निर्देशक मोहम्मद दाउदद्वारा जारी पत्रमा उल्लेख छ ।
मन्त्री थापाले समयमै ताकेता नलिने, विभिन्न बाहनामा औषधि अभाव देखाउने गरेमा त्यस्ता कर्मचारीलाई कारबाही गर्न पनि निर्देशन दिनुभएको छ ।
आर्या फर्माबाट उत्पादन हुने औषधिमा प्रहरीले छानबिन गरिरहेकाले उक्त कम्पनीका औषधि अन्य कम्पनीबाट स्थानीयस्तरमा खरिद गर्न पनि निर्देशन दिइएको छ ।