स्वास्थ्य सेवालाई सुदृढीकरण गर्न स्वास्थ्य बिमा
प्रकाशित मिति : २०७३, ११ आश्विन मंगलवार १०:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका कार्यकारी निर्देशक डा गुणराज लोहनीले स्वास्थ्य सेवालाई सुदृढीकरण गर्नका लागि पनि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभयो ।
Advertisement
स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमको बारेमा जानकारी दिनका लागि सोमबार बैतडी पुग्नुभएका कार्यकारी यो कार्यक्रमले सबै नागरिकलाई समान व्यवहार गरेको र पहुँच नपुगेकाको स्वास्थ्य सेवामा पहुँच पु¥याउने दाबी गर्नुभयो । स्वास्थ्य बिमा कार्यक्रममा सहभागी सरोकारवालाले स्वास्थ्य बिमा कार्यक्रम निकै राम्रो भएको र यसलाई कार्यान्वयनमा ल्याउनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकको रुपमा स्थापित गरिसकेको हुनाले त्यो हकलाई प्रत्याभूत गर्नका लागि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको उहाँले दाबी गर्नुभयो । स्वास्थ्य बिमा कार्यक्रमलाई लागू गर्नका लागि घरघरमा गएर दर्ता गर्ने कार्यक्रम रहेको छ उहाँले भन्नुभयो “स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि जिल्लामा स्वास्थ्य बिमा सञ्चालन समिति रहने र त्यसले कार्यान्वयन गर्नेछ ।”
कार्यकारी निर्देशक डा लोहनीले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जनासम्मको परिवारको सङ्ख्या भएकाले दुई हजार ५०० जमा गर्नुपर्ने र ती सदस्यको रु ५० हजार बराबरको उपचार खर्च सरकारले व्यहोर्ने बताउनुभयो ।
यसलाई प्रभावकारी बनाउनमा सबै नागरिकको उत्तिकै सहयोग रहनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । बैतडीमा स्वास्थ्य बिमाका लागि जानकारी दिने कार्यक्रम सुुरु भइसकेको र फागुन १ गतेदेखि सेवा सुरु हुने उहाँले बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रत्येक गाविसमा दर्ता कर्मचारी राखिने र उनीहरुले घरमै गएर प्रत्येक परिवारको नाम दर्ता गर्नेछन् । स्वास्थ्य बिमा कार्यक्रममा दर्ता भएकाको नामावलीका आधारमा उनीहरुलाई सेवा प्रदान गरिने बताइएको छ ।
यसैबीच बैतडीमा स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमअर्थात स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । सरकारले चालु आवमा २२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तार गर्ने नीति लिएसँगै सुदूरपश्चिमका अछाम र बैतडीमा चालु आवदेखि यो कार्यक्रम सञ्चालनमा आएको हो । सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउने र गरिब नागरिकलाई उपचार सेवामा पहुँच पु¥याउने हिसाबले सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका कार्यकारी निर्देशक डा गुणराज लोहनी बताउनुभयो । स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमको बारेमा जानकारी दिनका लागि बैतडी पुग्नुभएका डा लोहनीले स्वास्थ्य बिमा कार्यक्रम सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका सञ्चालन गरिएको बताउनुभयो । नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकको रुपमा स्थापित गरिसकेको हुनाले त्यो हकलाई प्रत्याभूत गर्नका लागि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको उहाँले दाबी गर्नुभयो । स्वास्थ्य बिमा कार्यक्रमलाई लागू गर्नका लागि घरघरमा गएर दर्ता गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि जिल्लाका सबै नागरिकले सहयोग गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताउनुभयो । गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका लागि स्वास्थ्य बिमा कार्यक्रम सफल हुने उहाँले विश्वास समेत व्यक्त गर्नुभएको छ । रासस