एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन सरगर्मी बढ्दै
प्रकाशित मिति : २०७६, २८ आश्विन मंगलवार ०९:४०
सम्पर्क ठेगाना
संस्कृति मिडिया नेटवर्क प्रा.लि.
नेपालगन्ज उपमनपा-१०,बाँके
५ नं. प्रदेश, नेपाल
फोन 9851148119
प्रकाशक : गौरब गिरी
सम्पादक : नवीन गिरी
दर्ता नं. : १३०५/०७५-७६
भ्याट नम्बर : 606861069
Advertisement
अन्ततः सोमबार अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले जानकी गुरुङलाई महासचिवमा अघि सारेपछि चुनावी रोचकता झनै रोचक बनेको छ । किनभने, वामपन्थी प्यानलका अध्यक्ष कुमार पन्त समूहबाट उम्मेदवार बनेका डा. हेमराज शर्मा पनि प्रजातान्त्रिक विचारधारकै ठानिन्छन् भने जानकी गुरुङ पनि युरोपबाट कांग्रेसको राजनीतिमा सक्रिय छिन् ।
अर्थात्, यसपटक महासचिव पदका लागि मुख्य प्रतिस्पर्धा कांग्रेस भर्सेस कांग्रेसकै लडाइँ हुने देखिएको छ ।
आचार्य समूहलाई कांग्रेस निकटको आधिकारिक समूह ठानिएकाले पनि विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुले गुरुङलाई नै भोट गर्न सर्कुलेशन गर्ने सुत्रको दाबी छ ।
तर, अर्का प्रत्यासी डा. शर्मा प्रजातान्त्रिक पृष्ठभूमिका भए पनि कुमार पन्तको टीमबाट महासचिवमा उठेकाले उनले कम्युनिस्ट समर्थकको भोट तान्ने निश्चित छ ।
अर्कोतर्फ जानकी गुरुङ महिला र आदिवासी–जनजाति समुदायकी भएकाले महिला र जनजातिको भोट उनले आकर्षित गर्न सक्ने विश्लेषण उनी निकटस्थहरुको छ ।अनलाइनखबरबाट।