कुर्दिस सेनामाथि आक्रमण गर्न टर्कीले सैनिक ट्यांक सिरियामा सेना पठायाे
प्रकाशित मिति : २०७६, २२ आश्विन बुधबार ०८:४१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
एजेन्सी । कुर्दिस सेनामाथि आक्रमण गर्न टर्कीले सिरियामा सेना पठाएको छ । अमेरिकी सैनिक फिर्ता भएपछि टर्कीले सिरियाका सीमा क्षेत्रमा सेना पठाएको बीबीसीले जनाएको छ । कुर्दिस सेनाको बाहुल्य रहेको सिरियाको उत्तर-पूर्वी क्षेत्रमा टर्कीका सैनिक ट्यांक गएपछि नयाँ त्रास फैलिएको छ ।
Advertisement
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुर्दिस सेनामाथि आक्रमण गरे टर्कीको अर्थतन्त्र तहसनहस पारिदिने चेतावनी दिनुभएको थियो । सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने आफ्नाे निर्णयको फाइदा उठाएर कुर्दिस सेनामाथि आक्रमण गरे सह्य नहुने ट्रम्पको भनाइको बेवास्ता गर्दै टर्कीले सिरियामा आफ्ना सैनिक पठाएको हो ।
अमेरिकाले इस्लामिक स्टेट आईएसलाई हराउन कुर्दिस सेनालाई सहयोग गर्दै आएको छ । तर टर्कीले सिरियामा अमेरिकी हस्तक्षेप भएको भन्दै कुर्दिस सेनामाथि आक्रमण गर्न आईएसलाई सहयोग गर्दै आएको छ ।