पाकिस्तानका प्रधानमन्त्री इमरान खान चीन भ्रमणमा
प्रकाशित मिति : २०७६, २० आश्विन सोमबार १३:०६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
एजेन्सी । चिनियाँ राष्ट्रपति सी चीनफिङले भारत भ्रमणको तयारी गरिरहेका बेला पाकिस्तानका प्रधानमन्त्री इमरान खान चीन गएका छन्। यही शुक्रबार राष्ट्रपति सीको भारत भ्रमण तय भएको छ।
Advertisement
रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री इमरान खानको एउटा प्रतिनिधिमण्डल सोमबार चीन गएको हो। खानले त्यहाँ राष्ट्रपति सी तथा प्रधानमन्त्री केसी याङसँग भेट्नेछन् र, खासगरी अर्बाैं डलरमा प्रस्ताव गरिएको ‘चाइना–पाकिस्तान आर्थिक करिडोर’ परियोजनाका बारेमा छलफल गर्नेछन्। इमरानकाे प्रतिनिधिमण्डल तीन दिनसम्म चीनमा रहनेछ।
भारतले काश्मिरमा धारा ३७० खारेज गरेपछि उत्पन्न भारत–पाकिस्तान तनावका बीच इमरान खानको यो पहिलो चीन भ्रमण हो। भारतको यो पछिल्लो कदमको पाकिस्तान र चीनलेसमेत विरोध गर्दै आएका छन्।
केही दिनअघिमात्रै चिनियाँ राजदूतले पाकिस्तानमा पुगेर चीन काश्मिरको मौलिक अधिकार र न्यायको पक्षमा रहेको बताएका थिए। भारतीय सरकारले त्यसबारेमा चीनसँग स्पष्टीकरण मागेको थियो।