बंगलादेश–भारत–नेपाल बस सेवा शुरु
प्रकाशित मिति : २०७५, १५ बैशाख शनिबार ०९:२४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं, १५ वैशाख । बंगलादेश, भारत र नेपालबीच पहिलोपटक परीक्षणका रुपमा बससेवा शुरु भएको छ ।
Advertisement
तीनदिनअघि बंगलादेशको राजधानी ढाकाबाट कोलाकाता हुँदै यात्रुबाहक बस पहिलोपटक नेपालको संघीय राजधानीमा आइपुगेको छ । उक्त बसका यात्रीका रुपमा तीनवटै मुलुकका सरकारी प्रतिनिधिमण्डल सम्मिलित थिए ।
बससेवा प्रारम्भसँगै भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्टे शाम्सले आज साँझ यहाँस्थित आफ्नै निवासमा एक स्वागत समारोहको आयोजना गरे ।
त्यसअवसरमा उनले बससेवा प्रारम्भ भएकामा प्रशन्नता प्रकट गर्दै त्यसले बंगलादेश, भारत र नेपालमा समृद्धिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे ।
तीनवटै मुलुकको पर्यटन, व्यापार–वाणिज्य र जनसम्पर्क विस्तारबाट हाम्रो आर्थिक प्रगति हुनेछ, उनले भने ।