विदेश/अन्तर्राष्ट्रियमा रहेका समाचारहरु

श्रृंखलावद्ध बिस्फोटपछि श्रीलंकाले माग्यो अन्तर्राष्ट्रिय सहयोग

काठमाडौं ।  श्रीलंकामा आइतबार भएका ८ वटा श्रृंखलावद्ध बिस्फोटपछि  संकटकाल घोषणा गरिने भएको छ। राष्ट्रपति मैत्रीपाला सिरिसेनाको कार्यालयले सोमबार मध्यरातदेखि लागु हुने गरी देशभर संकटकाल लागु हुने जनाएको छ। यसैबीच राष्ट्रपति सिरिसेनाले आइतबारको बिस्फोटमा विदेशी आतंकवादी समूहको संलग्नता पहिल्याउन अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेका छन्। आइतबार श्रृंखलावद्ध ८ बिस्फोटमा परी २९० जनाको मृत्य भएको छ भने पाँच सय जना घाइते भएका छन्। मृत्यु हुनेहरूमा बेलायती, भारतीय र जापानी नागरिक पनि रहेको बताइएको...

कोलोम्बोमा फेरि बम बिस्फोट, मर्नेको संख्या १४० नाघ्यो

श्रीलंका । कोलोम्बोमा श्रृङखलाबद्द बम बिस्फोट भएको छ।आज दिउँसो फेरि श्रीलंकाको राजधानीमा बम बिस्फोट भएको छ। स्थानीय समयअनुसार बिहान पौने ९ बजे कोलोम्बो र आसपासका तीन वटा चर्च र तीन वटा होटलमा बिस्फोट भएको थियो। ती ६ वटा बिस्फोटमा परी मर्नेको संख्या १४० नाघेको छ। सैयौं मानिस घाइते भएका छन्। बिहानको बिस्फोटको उद्धार र अनुसन्धान भइरहेका बेला दिउँसो दक्षिणी कोलोम्बोस्थित देहीवालाको एक होटलमा फेरि बिस्फोट भएको हो। उक्त बिस्फोटमा परी कम्तिमा...

युएईमा एक नेपालीद्वारा अर्को नेपाली साथीको हत्या

काठमाडौं । युएईमा एक नेपालीले अर्को नेपालीको हत्या गरेका छन्।रक्सी सेवनका क्रममा दुई नेपालीबीच सुरु भएको विवादले एकजनाको मृत्यु भएको छ । युएईको  एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले सँगै काम गर्ने पाल्पाका तिलक चौधरीलाई छुरा हानेका हुन् । छातीमा छुरा लागेका चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।मादक पदार्थ सेवन गरी विवाद सुरु भएको र विवाद बढ्दै गएपछि राईले छुरा प्रहार गरेको उनीहरुसँगै काम गर्ने एक नेपालीले बताए । उनका...

कोलोम्बो बम बिस्फोटमा २० जनाको मृत्यु, ३ सय जना घाइते

श्रीलंका।कोलोम्बोमा बम बिस्फोट हुँदा २० जनाको ज्यान गएको छ।श्रीलंकाको राजधानी कोलोम्बोमा आज बिहान चर्च र पाँचतारे होटलहरूमा बम बिस्फोट भएका छन्। श्रृंखलावद्ध रूपमा भएका बिस्फोटमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ भने झन्डै तीन सय जना घाइते भएको श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन्। कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटियाको सेन्ट सेवास्टिएन्स चर्चमा इस्टर मनाइरहेका क्रिश्चियन धर्मालम्बीलाई लक्षित गरी बिस्फोट गराइएको हो। इस्टर सन्डे क्रिश्चियनहरूको ठूलो चाडमध्येको एक हो। लगभग उस्तै समयमा...

साउदीमा ३ हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र, बाँके र बर्दियाका पनि अलपत्र

काठमाडौँ : साउदी अरबस्थित तीन कम्पनी टाट पल्टँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ । कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र छन् । उनीहरूको समस्या दिन प्रतिदिन चुलिँदै छ । साउदीको अजमिल कन्स्ट्रक्टिङ कम्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जे एन्ड पी र साउदी मार्बल एन्ड ग्रिनाइटेडमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । अजमिलमा मात्रै १० हजार नेपालीको रोजगारी गुमेको छ । अर्कदमा तीन हजार, जे एन्ड पी र साउदी मार्बलमा कम्तीमा...

केन्याको एक बारबाट १२ नेपाली महिलाहरु पक्राउ

केन्या। केन्या प्रहरीले एक दर्जन नेपाली महिलाहरुलाई पक्राउ गरेको छ।केन्या प्रहरीले एक नाइट क्लबमा छापा मारेर १२ नेपाली महिलालाई पक्राउ गरेको छ । उनीहरुलाई मानव तस्करी गरेर त्यहाँ पु¥याइएको अनुमान गरिएको प्रहरीले जनाएको छ । केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा प्रहरीले शनिबार विहान छापा मारेको थियो । त्यसक्रमा प्रहरीले क्लब मालिक आसिफ अलिराली इलिभाइ जेजेठासँगै १२ नेपाली महिलालाई पक्राउ गरेको छ ।उनीसँग क्यानेडाको पासपोर्ट भेटिएको छ । प्रहरीले...

काठमाडौ आइरहेको इत्तिहाद एयरको एयरबस र एयर फ्रान्सको बोइङ आकाशमा झन्डै जुधेनन् !

नेपालगन्ज । काठमाडौ आउदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० र भियतनामको राजधानी हो चि मिन्हबाट पेरिस जादै गरेको एयर फ्रान्सको बोइङ ७७७ मुम्बईको आकाशमा झन्डै जुधेका टाइम्स अफ इन्डियाले जनाएको छ। गत शुक्रबार स्थानीय समय अनुसार १:४० बजे मुम्बइको एयर ट्राफिक कन्ट्रोलले काठमाडौ आउने क्रममा रहेको इत्तिहादको जहाजलाई ३३,००० हजार फिट माथि उडाउन आदेश दियो। टाइम्स अफ इन्डियाका अनुसार उचाई लिने क्रममा सो जहाज अर्को दिशाबाट आइरहेको एयर फ्रान्सको जहाजसँग...

न्युजिल्याण्डका दुई मस्जिदमा भएको गोलीकाण्डमा ४९ जनाको मृत्यु

नेपालगन्ज ।न्युजिल्याण्ड दुई मस्जिदमा भएको गोलीकाण्डमा ४९ जनाको मृत्यु भएको छ। शुक्रबार भएको हमलामा परी २० जना भन्दा बढी गम्भीर घाइते भएको बिबिसीले जनाएको छ। बन्दुकधारीहरूले क्राइस्टचर्च सहरका दुई मस्जिदमा शुक्रबारको प्रार्थना गर्न भेला भएकाहरूमाथि अन्धाधुन्द गोली चलाएका थिए। न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले यो गोलीकाण्डलाई आतंकवादी हमला भनेकी छन्। प्रधानमन्त्री आर्डर्नले मृत्यु हुनेहरूको संख्या पुष्टि गर्दै आजको दिन आफ्नो देशको कालो दिनु भएको बताएकी छन्। यो घटनासँग सम्बन्धित एक महिलासहित चार जनालाई...

भारतिय एक सांसदद्वारा नेपालीलाई गिराउदै अपमानजनक टिप्पणी
""कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला ,चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ" "

नेपालगन्ज। एक भारतिय सांसदले नेपालबारे अपमानजनक टिप्पणी गरेकी छिन् । भारतको आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे अपमानजनक टिप्पणी गरेकी हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित ट्वीट गर्दै उनले नेपालबारे अपमानजनक ट्वीट गरेकी हुन् । उनले आफ्नो ट्वीटमा लेखेकी छिन्। प्रिय भारतवासी, “कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् ।” उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ । भारतीय का“ग्रेसकी नेतृ...

चरासँग ठोकिएपछि भारतीय वायुसेनाको विमान दुर्घटना

दिल्ली : आकाशमा चरासँग ठोकिएपछि भारतीय वायुसेनाको रुसमा निर्मित मिग २१ लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । पाकिस्तानसँग सीमा जोडिएको राजस्थान राज्यको बिकानेर शहरनजिक चरासँग ठोक्किएर भारतीय वायुसेनाको मिग २१ लडाकु विमान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाग्रस्त लडाकु विमानका पाइलट भने सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नियमित हवाई गस्ती गर्ने क्रममा लडाकु विमानमा चरा आएर ठोक्किँदा दुर्घटनामा परेको बताइएको छ । पछिल्ला दुई सातायता भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा...