विदेश/अन्तर्राष्ट्रियमा रहेका समाचारहरु
नेपालगञ्ज । के तपाईं पानी जहाजमा काम गर्न चाहनुहुन्छ ? पानी जहाजमा कुकदेखि क्याप्टेनसम्म बन्न इच्छुक हुनुहुन्छ ? पानी जहाजमै आफ्नो करियर बनाउन चाहनेहरुका लागि भारतको लखनउमा २० बर्षदेखि एड्भान्स्ड तालिम दिइरहेको सेन्टर फर मेरिटाइम एजुकेशन एण्ड ट्रेनिङ्ग (सिमेट) तपाईंको भरपर्दो गन्तब्य बन्न सक्छ । उत्तर भारतको सबैभन्दा ठूलो र एड्भान्स्ड ट्रेनिङ्ग सेन्टर आइएसओ मान्यता प्राप्त सिमेटले होस्टेल सुविधा सहित कम पैसामै दक्ष क्याप्टेन र नेबीहरुद्वारा पानी जहाजमा काम गर्न...
इस्लामाबाद : पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय सेनाका पाइलट अभिनन्दन वर्तमान अन्ततः रिहा भएका छन् । पाकिस्तानी सेनाले उनलाई सीमा क्षेत्र बाघा बोर्डरबाट आज रिहा गरेको हो । पाकिस्तानले निर्धारित समय भन्दा झण्डै एक दिन ढिलो गरी उनलाई रिहा गरेको हो । बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसदबाटै उनको रिहा गर्ने सम्बोधन गरे अनुसार उनी आज रिहा भएका हुन् । पाकिस्तानी भूमिको बालाकोटमा भारतीय लडाकु विमानले बम हमला गर्ने क्रममा...
जापान । योशीताका साकुरादा जापानका ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री हुन्। बिहीवार उनी निर्धारित संसदीय बैठकमा ३ मिनेट ढिलो पुगे। विपक्षी सांसदहरूले उनको ढिलाईले उनको कार्यालयप्रतिको अपमान दर्शाएको भन्दै बजेट समितिको बैठक नै विरोधस्वरूप पाँच घण्टासम्म बहिष्कार गरिदिए। श्रृङ्खलाबद्ध गल्ती गरेको भन्दै साकरादाको उनीहरूले चर्को आलोचना गरेका छन्। गत साता साकुरादाले ओलिम्पिक्समा पौडीमा पदक जित्ने आश गरिएकी जापानी खेलाडी रिकाको इकिलाई ल्युकेमिया रोग लागेको पत्ता लागेपछि आफू निराश भएको जनाएका थिए। “सन् २०२० को...
दिल्ली । भारतले पाकिस्तानमा जाने तीन वटा नदीमा आफ्नो भागमा पर्ने पानी अब रोक्ने भएको भएको छ। फेब्रुअरी १४ मा जम्मु-कस्मिरको पुलवामामा भएको आतंककारी हमलापछि पाकिस्तानप्रति निकै आक्रामक भइरहेको भारत सरकारले सिन्धु जल सम्झौता अनुसारको पानी रोकेर आफ्नो भू-भागमा ल्याउने निर्णय गरेको हो। केन्द्रीय जलस्रोत मन्त्री नितिन गडकरीले रवी,व्यास र सतलज नदीमा भारतले पाउनु पर्ने पानी अब पाकिस्तानतिर बग्न नदिएर जम्मु कस्मिर र पञ्जाबमा प्रयोग गर्ने बताएका छन्। १९६० को इन्दस जल...
नेपालगन्ज । प्रधानमन्त्री केपी ओलीले भारत प्रशासित कास्मिरमा ४० सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणको भर्त्सना गरेका छन् । ओलीले बिहीबार साँझ भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरी आक्रमणको भत्र्सना गर्दै मृतक सुरक्षाकर्मीलाई श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् । बिहीबार दिउँसो कश्मिरको श्रीनगरबाट करिब २० किलोमिटर टाढा पुलवालामा जैस–ए–मोहम्मद नामको आतंकवादी समूहले तीन सय ५० भन्दा बढी विस्फोटक पदार्थले भरिएको गाडी भारतीय सुरक्षाकर्मीको गुडिरहेको गाडीमा ठोक्काउँदा ४०...
नेपालगन्ज ।नेपाल–भारत खुल्ला सिमानाका कारण नेपालगन्जमा दैनिक उपभोग्य बस्तुको मुल्य घटबढ हुने गरेको छ । उपभोक्तालाई आवश्यक पर्ने दैनिक उपभोग्य बस्तु प्रायः यहाँका ब्यापारीले भारतबाटै आयात गर्छन् । भन्सार महसुल तिरेर आयात हुने र अबैध रुपमा भित्रिने सामानको विक्री मुल्य फरक पर्छ । यसले नेपालगन्जको बजारलाई समेत प्रभाव पार्ने गरेको ब्यापारी बताउँछन् । पसल पिच्छे दैनिक उपभोग्य बस्तुको मुल्यमा अन्तर देखिन्छ । नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवम् किराना...
नेपालगन्ज, १२ माघ । मित्रराष्ट्र भारतले (आज) शनिबार ७० औं गणतन्त्र दिवस मनाइँदैछ । हरेक वर्ष २६ जनवरीका दिनलाई भारतले गणतन्त्र दिवसको रुपमा मनाउँदै आएको छ । सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो । वृटिश साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौम अधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा भारतभरी तथा उसका दूताबास भएका देशमा समेत यो दिवस मनाउने गरेको छ । गणतन्त्र दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासले विभिन्न...
मस्को, रूस, ८ माघ । रूसी तथा जापानी शीर्ष नेतृत्वबीच मङ्गलबार मस्कोमा भेट भएको छ । उनीहरूको भेट विश्वयुद्धको अन्तिम समयतिर तत्कालिन सोभियत संघले नियन्त्रणमा लिएका जापानी टापूबारे दुई देशबीच रहँदै आएको विवाद समाधान गर्ने पहल स्वरूप भएको बताइएको छ । जापानका चार कुरिल टापूहरू, जसका कारण रूस र जापानबीच विश्वयुद्धको औपचारिक अन्त्य गर्दै शान्ति सम्झौता हुन सकेको छैन, मा केन्द्रित भएको बताइएको छ । वार्ताबाट विवादबारे कुनै ‘ब्रेकथ्रु’ भइहाल्नेमा...
खार्तुम(सुडान), २६ पुस । सुडानमा सरकारको विरोधमा शुरु भएको प्रर्दशनको क्रममा तीन व्यक्तिको मृत्यु भएको प्रहरीले बिहीबार जानकारी दिएको छ । खार्तुम शहरमा त्यहाँका राष्ट्रपति ओमार अल बशिरविरुद्ध जारी यस प्रदर्शनमा हजारौँको सङ्ख्यामा समर्थकहरु रहेका थिए । सरकारले पाउरोटीको मूल्य तेब्बर गरेको भन्दै सुडानको राजधानी खार्तुम करिब एक महिनादेखि विरोध प्रदर्शन जारी रहेको छ । खार्तुम शहरको मुख्य सडक ओम्डुम्यानमा स्वतन्त्रता र शान्तिका लागि न्याय र क्रान्ति एकमात्र विकल्प भन्दै प्रदर्शन...
काठमाडौँ, २४ पुस ।मादक पदार्थको सेवन (मापसे)का कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई) मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ । आबुधावीस्थित नेपाली दूतावासले गत डिसेम्बर महीनामा युएईको सात वटा इमिरेट्समा रहेका आठ जेलमा गरेको अध्ययनका क्रममा मादक पदार्थका कारण ५८ प्रतिशत नेपाली युएईका विभिन्न कारागारमा कैद भुक्तानका क्रममा रहेको पाइएको हो । मादक पदार्थको सेवन, मापसे गरेर सवारी चलाउनु र झैझगडाका कारण...