चरासँग ठोकिएपछि भारतीय वायुसेनाको विमान दुर्घटना
प्रकाशित मिति : २०७५, २४ फाल्गुन शुक्रबार १७:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दिल्ली : आकाशमा चरासँग ठोकिएपछि भारतीय वायुसेनाको रुसमा निर्मित मिग २१ लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । पाकिस्तानसँग सीमा जोडिएको राजस्थान राज्यको बिकानेर शहरनजिक चरासँग ठोक्किएर भारतीय वायुसेनाको मिग २१ लडाकु विमान दुर्घटनाग्रस्त भएको हो ।
Advertisement
दुर्घटनाग्रस्त लडाकु विमानका पाइलट भने सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नियमित हवाई गस्ती गर्ने क्रममा लडाकु विमानमा चरा आएर ठोक्किँदा दुर्घटनामा परेको बताइएको छ ।
पछिल्ला दुई सातायता भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा दुबै मुलुकले हवाई गस्तीलाई तिब्रता दिएको बताइएको छ ।
त्यसअघि गत २७ फेब्रुअरीका दिन पाकिस्तानले भारतीय वायुसेनाको मिग २१ विमान खसालेको थियो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले खसालिएको विमानका पाइलटलाई रिहा गरेपछि भारत र पाकिस्तानबीचको तनाव केही कम हुँदै आएको छ ।