भारतिय एक सांसदद्वारा नेपालीलाई गिराउदै अपमानजनक टिप्पणी ""कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला ,चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ" "
""कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला ,चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ" "
प्रकाशित मिति : २०७५, २८ फाल्गुन मंगलवार १२:३५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज। एक भारतिय सांसदले नेपालबारे अपमानजनक टिप्पणी गरेकी छिन् । भारतको आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे अपमानजनक टिप्पणी गरेकी हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित ट्वीट गर्दै उनले नेपालबारे अपमानजनक ट्वीट गरेकी हुन् ।
Advertisement
उनले आफ्नो ट्वीटमा लेखेकी छिन्।
प्रिय भारतवासी,
“कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला ।
चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ ।
नेपालका चौकीदार चोर हुँदैनन् ।”
उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ । भारतीय का“ग्रेसकी नेतृ रहेकी लाम्बाले पार्टी परित्याग गर्दै सन् २०१३ मा आम आदमी पार्टीमा आबद्ध भएकी थिइन् । दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वाचित भएकी उनी गो इन्डिया फाउन्डेसन नामक गैरसरकारी संस्थाकी अध्यक्ष पनि हुन् ।
आम आद्मी पार्टीकी सांसद अल्काले नेपालको स्वाभिमानमा आँच आउने अभिब्यक्ति दिँदा सम्म नेपालको परराष्ट्र नीति मौन बसिरहेकोछ । यो विषयमा न त राज्यले नै कुनै औपचारिक टिप्पणी गर्न सकेको छ न त परराष्ट्र नितीनै बोलेकोछ ।
यसरी छिमेकी देशले नेपाललाई होच्याएर दिएको अभिब्यक्तिले यतिवेला सामाजिक सञ्जालमा चर्चा बटुलिरहेकोछ । सासद अल्काको चौतर्फी आलोचना भइरहेकोछ । तर केपी ओली नेतृत्व सरकारलाई भने यो विषयले छुन सकेको छैन ।