तिन महिना अघि नेपालगञ्जबाट बेपत्ता बालक बैंगलोरमा अलपत्र अवस्थामा फेला परे
प्रकाशित मिति : २०७५, ३ पुष मंगलवार १४:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, ३ पुस। नेपालगञ्जबाट भागेर गएका एक बालक भारतको बैंगलोरमा अलपत्र अवस्थामा फेला परेका छन् । अन्दाजी १४ बर्षीय बालक राजेश पौडेललाई बैंगलोरको मजेस्टिकमा अलपत्र अवस्थामा फेला परेका हुन्।
Advertisement
बैंगलोरस्थित पशुपतिनाथ जनकल्याण समितिका संस्थापक सामाजिक अभियन्ता जनेश्वर जोशीले बालक अलपत्र अवस्थामा फेला परेको बताएका छन्।
नेपालगञ्ज घर बताउने बालकले बुवा-आमाको नाम प्रेम पौडेल र अनिता पौडेल रहेको जोशीले जानकारी दिएका छन् । उनले आफू विद्यालयबाट तीन महिना अघि भागेर भारत पुगेको बताएका छन् । बालकलाई जोशीले आश्रममा राखेर आश्रय दिइरहेका छन्।
जोशीले बालकको बारेमा जानकारी दिँदै परिवारसमक्ष खबर पुर्याइदिन आग्रह गरेका छन् । जोशीले बालकका बुवा आमालाई उनको भारतीय मोबाइल नम्बर (८८९२६१०००१) मा सम्पर्क गर्न आग्रह गरेका छन् ।