पञ्जाबमा रेलको ठक्करबाट ५० जनाको मृत्यु
प्रकाशित मिति : २०७५, ३ कार्तिक शनिबार ०८:५१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाईल फोटो
पञ्जाब,३ कार्तिक। भारतको पञ्जाबस्थित अमृतसरमा ठूलो रेल दुर्घटना भएको छ । पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भिडलार्इ ठक्कर दिँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ भने एक सय बढी घाइते भएका छन् ।अमृतसरको जोडाफाटकमा रेलवे ट्रयाक नजिकै शुक्रबार साँझ साढे ६ बजे रावणको पुत्ला दहन गरिरहेको भीड रेलको लिकमा पुगेपछि दुर्घटना भएको हो।
Advertisement
स्थानीय पत्रकार रविंदर सिंहलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएअनुसार रावणको पुत्लामा आगो लगाउने वित्तिकै मञ्चबाट मानिसहरुलाई पछाडि हट्न आग्रह गरिएको थियो ।
त्यही वेला पछाडिबाट आएको रेलले मानिसहरूको भिडको एउटा ठूलो हिस्सालाई ठक्कर दिएको थियो । अमृतसर प्रहरीका कमिस्नर सुधांश शेखरले कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताएका छन् ।
यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केहीवेर अघि ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनालार्इ ह्रदयविदारक भनेका छन् ।
उनले लेखेको ट्वीटमा भनिएको छ, ‘घटनामा ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदन व्यक्त गर्दछु । र, घाइतेहरूको शीघ्रस्वास्थ्य लाभको कामना व्यक्त गर्दछु ।’ उनले तत्काल आवश्यक सहयोगका लागि अधिकारीहरूलार्इ निर्देशन दिइएको उल्लेख गरेका छन् ।