अन्तरवार्तामा रहेका समाचारहरु

वातावरणमैत्री पूर्वाधार विकासमा सेना सजग

० छोटो समय अनि प्रतिकूल मौसमको अवस्थामा अत्यन्तै कठिन भूगोलमा रहेको इम्जा हिमतालको जोखिम न्यून गर्न नेपाली सेनाले कसरी काम ग¥यो ? – जनसङ्ख्या तथा वातावरण मन्त्रालय, जल तथा मौसम विज्ञान विभागले ग्लोबल अनि राष्ट्रिय टेन्डर आह्वान गर्दासमेत यसमा काम गर्न कसैले इच्छा नदेखाएपछि ज्यादै जोखिममा रहेको यो तालको जोखिम न्यून गर्न सरकारले नेपाली सेनालाई जिम्मा दिएको हो । सम्भवतः संसारकै सबैभन्दा बढी उचाइको अत्यन्तै जोखिममा रहेको हिमताल इम्जा हो...

लोडसेडिङ अन्त्य गर्ने चुनौतीलाई चिर्न सकिन्छ

दुई महिनायता काठमाडौँ उपत्यकामा खासै लोडसेडिङ भएको छैन ।  दसैँ लाग्दा नलाग्दै बिजुली जान छाडेपछि यसले मङ्सिरको पहिलो सातासम्म निरन्तरता पाइरहेको छ ।  लोडसेडिङको समयतालिका फेरबदलमा मात्र ध्यान जाने गरेको ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको प्रशासनिक नेतृत्वसँग छलफल गरेर विद्युत्को माग व्यवस्थापन गर्न कस्सिनुभएका ऊर्जामन्त्री जनार्दन शर्मालाई मन्त्रालयले विद्यमान विद्युत्बाटै उपत्यकालाई लोडसेडिङमुक्त पार्न सकिने योजना प्रस्तुत गर्दा निकै हौसला प्राप्त भएको थियो ।  मन्त्री पदमा बहाली गर्दा तत्काल...

बर्दिया जैविक विविधताको ‘हटस्पट’

अहिले बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघको विशेष अनुगमन कार्य सुरु गरिँदैछ नि ? – बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र यससँग जोडिएको खाता जैविकमार्ग तथा कैलाली जिल्लामा पर्ने छतिवन वन क्षेत्रमा समेत क्यामरा ट्रयापिङ प्रविधिबाट बाघ अनुगमनको काम सुरु गरिएको छ ।  यी सबै क्षेत्रलाई समेटेर चारवटा ‘ब्लक’ कायम गरिएको छ ।  प्रत्येक ‘ब्लक’मा क्यामरा राख्नका लागि २९३ वटा ‘ग्रिड’ पहिचान भएका छन् ।  प्रत्येक ‘ग्रिड’ मा १५ दिनसम्म क्यामरा राखिन्छ । ...

पैसा धेरथोर जति लागे पनि फाष्ट ट्रयाक आफैं बनाउने निर्णय गर्‍यौं: मन्त्री लेखक

बिष्णु बुढाथोकी/काठमाडौं, मंसिर ६ / राजधानीलाई तराईसँग जोड्ने काठमाडौं निजगढ द्रूतमार्ग निर्माण सम्बन्धि उठेका सबै आशंकालाई चिर्दै सरकारले आइतबार यो परियोजना आफैंले बनाउने निर्णय गरेको छ। विगतमा यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि भारतीय निजी प्रवर्धक कम्पनी आईएल एण्ड एफएससँग भएको सझौता रद्द गर्दै सरकारले यो आयोजना आफैं बनाउने घोषणा गरेको हो। पहिले छलफलमा आए अनुसार यो सडकमा सवारीसाधन गुडाउन निश्चित शुल्क लाग्ने प्रस्ताव गरिएको थियो। तर, सरकारले...

बाटो हिँड्दा थुक्न छोड्नु पनि पनि समृद्धि नै हो

२७ कात्तिक । रामेश्वर खनाल, आर्थिक व्यवस्थापन तथा सुशासन विभाग प्रमुख, नयाँ शक्ति पार्टी, नेपाल     विकासको कुरा उठ्यो कि राजनीतिक अस्थिरतालाई दोष जान्छ । राजनीति र आर्थिक विकासबीचको व्यवहारिक सम्बन्ध के हो ? आधुनिक जमानाको लोकतान्त्रिक पद्धतिमा राजनीति भनेकै जनता र मुलुकका लागि हो । मुलुक विकसित भएन भने लोकतन्त्र टिक्न गाह्रो हुन्छ । राजनीतिक अस्थिरताको कारण विकास हुन सकेन भन्ने धारणा बनेको पाइन्छ । तर, राजनीति भनेको सधैं अस्थिर नै...

गृहमन्त्री विमलेन्द्र भन्छन्- लोकमान प्रकरण सरकार ढाल्ने एमालेको खेल हो

नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री विमलेन्द्र निधिले लोकमानसिंह प्रकरणलाई सरकार ढाल्न एमालेले गरेको षडयन्त्रको संज्ञा दिएका छन् । विहीबार साँझ बीबीसी नेपाली सेवाका लागि पत्रकार शरद केसीसँग कुरा गर्दै उपप्रधानमन्त्री निधीले भने- ‘यो के हो भनेदेखि एमालेले अहिलेको सरकार परिवर्तन गर्नका लागि गरेको षडयन्त्रपूर्ण खेल हो ।’ मन्त्री निधीले महाअभियोगको प्रस्तावमा गरिएको हस्ताक्षरको वैधानिकतामाथिसमेत प्रश्न उठाएका छन् । माओवादीकै सांसदले यसबारे प्रश्न उठाएकाले माओवादीले यसको जवाफ नदिएसम्म कांग्रेसले महाअभियोगलाई आफ्नो पार्टीको...

‘कामरेड ! कांग्रेस बुढो बाघ भए पनि घाँस खाँदैन’

विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमाथि लगातार प्रश्न गरिरहेका छन् । कांग्रेसलाई कहिले ‘शिकार गरेपछि अघाएर सुतेको बाघ त कहिले घाँसकुँडो खाएपछि उग्राएको भैंसी को संज्ञा दिँदै ओलीले तारन्तार प्रश्न गरिरहेका छन्- कांग्रेसको नीति के हो ? विदेश नीति के हो ? आर्थिक नीति के हो ? के एमाले अध्यक्ष ओलीले भनेजस्तो कांग्रेस नीतिविहीन भएकै हो त ? यसबारे ओलीलाई जवाफ दिँदै ओलीकै गृहजिल्ला झापाका...

सरकारको गति बढाउन आवश्यक छ : मन्त्री, हृदयराम थानी

यति बेलासम्मको काम हेर्दा ढुक्क हुने अवस्था पछि छैन । सन्तुष्ट छैन भनेर फेरि राष्ट्रको जिम्मेवारीबाट पनि भाग्न भएन । भदौ सकिएर असोज सुरु भयो । हामीले अर्को माघसम्ममा तीनवटा निर्वाचन गर्नुछ । यो एक वर्षको हाराहारीमा जति काम गर्नुपर्छ । त्यो काम गर्नका लागि सरकारले पूरा गर्न सक्छ कि सक्दैन । अहिलेको गतिअनुसार सरकारले तीनवटा चुनाव गराउन सक्दैन । त्यसैगरी अन्य मन्त्रालयहरूले पनि संविधानलाई पूर्णता दिनका लागि आवश्यक...

‘अब दलहरुको निर्णय सुझाव मात्र हुन्छ, आयोग निर्देशित हुँदैन’

बुद्धनगरस्थित स्थानीय तह पुनर्संरचनासम्बन्धी आयोगको कार्यालयमा पुग्दा डेलिगेशन टोली आउने-जाने क्रम चलिरहेको थियो । आयोगका अध्यक्षदेखि सदस्यसम्म विभिन्न जिल्लाबाट आएका टोलीको गुनासो सुन्न व्यस्त थिए । व्अध्यक्ष बालानान्द पौडेलका अनुसार, अहिले विभिन्न जिल्लाबाट आएको सीमांकनको अध्ययन गर्ने र मापदण्ड अनुसार भएकालाई प्रमाणित गरेर अन्तिम रुप दिने काम भइरहेको छ । प्रस्तुत छ,   अध्यक्ष पौडेलसँग  गरेको कुराकानी:   आयोगको काम सुस्त भएको हो ? सुस्त भन्न मिल्दैन । कामले गति लिइरहेकै छ...